- Loading...
जलजलामा बरामद भएका मदिरा नष्ट
- पुनहिल डट कम
- ८ महिना अघि
- ३१३ पटक पढिएको

पर्वतको जलजला गाउँपालिकाले बगरफाँट, वारीवेनी क्षेक्रमा गरेको बजार अनुगमनत्रममा भेटिएका अवैध मदिरा, म्याद गुज्रेका खाद्य पदार्थलाई सोमबार पालिका मुकाम क्षेत्र रहेको लामाखेतमा खाडलखनी नष्ट गरेको छ ।
गाउँपालिका उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा, पालिकाका राजश्व शाखा प्रमुख कृष्ण प्रसाद रिजाल, वारीबेनी प्रहरी चौकीका असाई घनश्याम ढकाल समेतको टोलीले बरामद भएका अवैध मदिरा, म्याद गुज्रेका खाद्य पदार्थलाई खाडल खनी नष्ट गरेको हो ।
‘गाउपालिकाले बजार अनुगमन सुरु गरेको छ, क्रमश सवै वडा र वस्तीका पसलहरु अनुगमन हुन्छ । म्याद गुज्रेका र सडेगलेका खाद्यान्न बेच्ने, कानुनी स्वीकृती नलिई मदिरा तथा सुर्ती जन्य पदार्थ बेच्ने, विद्यालय क्षेत्रमा मदिरा तथा सुर्तिजन्य पदार्थ बेचेको भेटिएमा जफत गरी नष्ट गरिने छ’ गापा उपाध्यक्ष दीपक आचार्यले भने, ‘अनुगमन बगरफाँटमा सीमित हुने छैन, कोही छुट्ने छैन, बरु अरुलाई सच्चिने अवसर बनेको छ ।’
राजश्व शाखा प्रमुख कृष्ण रिजालका अनुसार प्लास्टिक बोटलका मदिरा ५ कार्टुन, खुल्ला प्लास्टिक वोटल मदिरा ७३ पीस, घरेलु मदिरा ६० लिटर, अन्य मदिरा ४१ पीस समेत मसरुम सुप, अन्य मसलाजन्य पदार्थ बरामद गरी नष्ट गरिएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
