- Loading...
जेठाे हिमाल आरोहणमार्ग सुनसान, आरोहीकाे शालिक पाेखरामै अनावरण
- पुनहिल डट कम
- ८ महिना अघि
- ५०२ पटक पढिएको

आठ हजार मिटर माथिका हिमालमा पहिलो पटक मानव पाईला परेको अन्नपूर्ण प्रथम (८०९१ मी) आरोहण भएको सोमबार ७४ बर्ष पुरा भएको छ ।
सन् १९५० जुन ३ मा फान्सेली प्रर्वतारोही मौरिस हार्गोज नेतृत्वमा लुईस लचेन र दुई जना नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । उनीहरुले म्याग्दीको दानाहुँदै मुस्ताङको घाँसाबाट पूर्व निलगिरी साउथ हिमालको फेदीबाट म्याग्दीको नारच्याङ गाउँको सिरनमा पर्ने हुमखोला, भुस्केटमेलाको परम्परागत भेडा गोठालो मार्ग पछ्याउँदै अन्नपूर्ण प्रथम हिमाल पुगेका थिए ।
हर्जोगको टोलीले आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको पश्चिमोत्तर मोहडाबाट मात्र ७४ बर्षदेखी अन्नपूर्ण हिमाल प्रथम हिमाल आरोहण हुँदै आएको छ । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा अवस्थित छ ।
गण्डकी प्रदेश राजधानी पोखरामा पर्यटन मन्त्रीसमेत सरोकारवालाहरुले ‘अन्नपूर्ण दिवस’ मनाई रहँदा अन्नपूर्ण प्रथम हिमालको प्रथम आरोही मौरिस हर्जोग समेत पर्वतारोहीले प्रयोग गरेको ‘अन्नपूर्ण प्रथम आरोहण मार्ग’ भने सुनसान छ । सोमबार पोखरामा आयोजित अन्नपूर्ण दिवसका अवसरमा पर्यटन मन्त्री नारायणकाजी श्रेष्ठले अन्नपूर्ण प्रथम आरोही मौरिस हर्जोगको अर्धकदको शालिक अनावरण गरे ।
मन्त्रीले अनावरण गरेको हर्जोगको तामा र पित्तल मिश्रित ४० किलोग्राम तौलको अर्धकदको शालिक म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङबासीले चन्दा उठाई बनाएका हुन । उनीहरुले अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने नर्थवेस क्याम्पमा राख्न वेस क्याम्प नजिक पुर्याएका थिए । पर्यटन वोर्ड पोखराले फोनगरी फिर्ता गरिदिन आग्रह गरेपछि अन्नपूर्ण प्रथम आरोहण मार्गको हुमखोलाबाट फिर्ता गरी पोखरा पुर्याएर मन्त्रीको हातबाट पोखरामै अनावरण गराईएको थियो ।
‘संसारमा पहिलो पटक ८ हजार मिटर अग्ला हिमालमा पहिलो पाईला राख्ने मौरिस हर्जोगको अर्धकदको शालिक अन्नपूर्ण प्रथम हिमालको नर्थ वेस क्याम्पमा राख्न हुमखोला पुर्याएका थियौं । पर्यटन वोर्डले पोखरा फिर्ता ल्याईदिनु पर्यो भने पनि पोखरा फर्काई आज मन्त्रीबाट अनावरण गराइयो’ अन्नपूर्ण प्रथम हिमालको आरोहण मार्ग पहिचान र प्रर्वद्धनमा जुटेका अभियन्ता तेजबहादुर गुरुङले भने, ‘अन्नपूर्ण दिवस मनाउन राज्यले ८० लाख बजेट विनियोजन गरेको थियो । तर मन्त्रीले जनताले चन्दा उठाई बनाएको शालिक पोखरामै अनावरण गरी खर्च अनुमोदन गर्दिए ।’
उनै हर्जोग समेतको टोलीले ७४ बर्ष अघि अन्नपूर्ण आरोहण जाँदा र फर्कदा प्रयोग गरेको तातोपानीदेखीको १४ दिन लामो ‘आरोहण मार्ग’ सुधार गरी अहिले ६ दिनमा बनाईएको छ । अन्नपूर्ण नर्थ वेस क्याम्प निलगिरी साउथको पनि साझा वेस क्याम्प हो । अन्नपूर्ण नर्थ वेस क्याम्पमा पञ्चकुण्ड हिमताल छ । सोही तालबाट बग्ने मिस्त्रीखोलामा निर्माणाधिन जलविधुत आयोजनाले हुमखोलासम्म मोटरबाटो पुर्याएपछि परम्परागत गोठाला बाटोको आरोहण मार्ग अहिले भने छोटो र सहज भएको छ ।
‘पर्यटन र पर्यटकको अभिलेख राख्ने पर्यटन विभागले त्रुटीपूर्ण आधारमा अन्नपूर्ण प्रथम हिमाल र पर्वतारोहण मार्ग कास्कीको घान्द्रुक क्षेत्रलाई तोकेको कारण ८ हजार मिटर अग्ला पर्वतारोहण इतिहाँसमा जेठो हिमाल अन्नपूर्ण प्रथम हिमाल अवस्थित स्थानीय तहले पर्वतारोहण रोयल्टीबाट बन्चित भएका छौं’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भने, ‘हामीले पर्यटन रोयल्टीमा दावी मात्र गरेका हैनौं । पर्वतारोहणको इतिहाँस बोकेको मौरिस हर्जोग पदमार्गको पहिचान र प्रर्यटन विभागमा रहेको त्रुटीपूर्ण अभिलेख सच्याउन चाहेका हौं । राज्यले सही सूचना दिनु पर्छ । अहिले गलत भैरहेको छ ।’
अन्नपूर्ण हिमालको पहिलो आरोही फान्सेली नागरिक मौरिस हर्जोगको सम्मानमा स्थानीय अन्नपूर्ण गाउँपालिकाले मौरिसले हिंडेको बाटोलाई सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई ‘मौरिस हर्जोग पदमार्ग’ नामाकरण गरेका छन ।
पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ माथी नारच्याङ वेंशी (१३३० मी) पुगिन्छ । नारच्याङबाट हुमखोला दोभान (२८८३ मी) सम्म दुई घन्टामा गाडीमा जान सकिन्छ । हुमखोलासम्म त्यहाँ निर्माणाधिन निलगिरी पहिलो र दोस्रो जलविधुत आयोजनाले कच्ची ट्रयाक खोलेका हुन । हाईडोले पदमार्गमा ट्रयाक खोलेको कारण नारच्याङ–हुमखोला २२ किमीमा पदमार्ग नासिएको छ । तातोपानी वा नारच्याङमा वास बसेर विहान गाडीमा जाँदा छोटेपा भन्ने स्थानमा सानो टि हाउस छ । यहीं खाना खाई गाडीमा १५ मिनेट माथी हुमखोलासम्म पुग्न सकिन्छ ।
हुमखोलाबाट अहिलेको पदयात्रा सुरु हुन्छ । ४ घन्टा हिंडेपछि भुस्केटमेला (३६५९मी) पुग्न सकिन्छ । भुस्केटमेला पुग्न नसक्ने यात्रुले विच–विचमा बनेका आश्रय घरमा पनि वास बस्न सक्छन । पदमार्ग हराउने र असजिलो छैन । तर केही स्थानमा झोलुङ्गे जीर्ण छन, बाढीले पदमार्ग विगारेको छ । हरेक एक घन्टाको विचमा आश्रय घर थप्नु पर्ने देखिन्छ । भुस्केटमेलाबाट अर्को दिन ४–५ घन्टामा वेस क्याम्प सजिलै पुग्न सकिन्छ ।
‘गाउँमा पर्यटक आउन थालेपछि स्थानियले टि हाउस, रेष्टुरेन्ट र होटल/लज खोल्न थालेका छन । विभिन्न निकायको आर्थिक सहयोगमा स्थानीयले श्रमदान गरी पदमार्गमा आधारभुत पूर्वाधार निर्माण भैरहेको छ । पदमार्गका वस्ती नभएका र वास वस्नु पर्ने स्थानमा कसरी टि हाउस, डायनिङ हाउस समेत पर्यटक आश्रय घर बनाउन बजेट विनियोजन गर्दैछौं’ मौरिस हर्जोग पदमार्ग प्रर्वद्धनमा जुटेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भने, ‘ठाउँ–ठाउँमा सूचना नक्सा राख्न थालेका छौं । हिमाली क्षेत्रको पदमार्गमा पर्यटन ब्यवसाय प्रर्वद्धन, संरक्षण र प्रोत्साहन गर्न नियमाली, निर्देशिका समेतका कानुनी, आर्थिक प्याकेज र ब्यवसायीक शिप विकासका कार्यक्रम राखेका छौ ।’
अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण साउथ प्रथम, दोस्रो, तेस्रो, चौथो र सहित निलगिरी साउथ, तिलिचो पीक, बराह शिखरसमेत १४ वटा हिमाल पर्छन । अन्नपूर्ण साउथ र प्रथम चुचुरो म्याग्दीमा र दोस्रो, तेस्रो र चौंथो चुचुरो भने कास्किमा पर्छ । माछापुच्छ्रे हिमालको पूर्वमा पर्ने अन्नपूर्ण हिमालाको तेस्रो र चौंथो चुचुरोको फेदीलाई अन्नपूर्ण वेस क्याम्पको रुपमा बढी चर्चित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
