- Loading...
लाइसेन्स पाएपनी यात्रा अनुमति नलिएका हातहतियार घर बाहिर लैजान निषेध
- पुनहिल डट कम
- ८ महिना अघि
- १५५ पटक पढिएको

सरकारले कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु घर बाहिर लैजान निषेध गरेको छ। म्याग्दीमा यस्ता हतियार राख्न पाउने अनुमति (लाइसेन्स ) पाएका ९४ थान हतियार छन ।
यात्रा अनुमति प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरि निषेध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, “प्रचलित कानुनबमोजिम इजाजतपत्र प्राप्त गरेका, यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत वाहकले घरबाहिर लैजान नपाउने तर यात्रा इजाजत प्राप्त गरेका हातहतियारसमेत तोकिएका स्थानमा लैजान नपाउने गरी निषेध गर्ने ।”
सरकारले सर्वाेच्च अदालतको आदेश कार्यान्वयन गर्दै उक्त निर्णय गरेको हो । गत चैतमा सर्वोच्च अदालत परिसरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अङ्गरक्षकबाट जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा इजाजतपत्र जारी भएको २२ बोर ए-३५४७५२ हतियार फेला परेको थियो ।
सो विषयमा सर्वाेच्च अदालतले उक्त हतियार कानुनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिए पनि देशभर लैजान पाउने गरी इजाजत नभएको उल्लेख गर्दै कसरी इजाजत प्राप्त भयो भनी आवश्यक छानबिन गर्न र कानुन बनाउन आदेश दिएको थियो ।
सोही आदेश कार्यान्वयन गर्दै गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । सोही छानबिन समितिको सिफारिसका आधारमा गृहको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।
जिल्लामा हातहतियारको दर्ता, नविकरण र हतियार राख्न सिफारिस दिने समेतको अभिलेख गृह मन्त्रालय अर्न्तगतको जिल्ला प्रशासन कार्यालयमा रहन्छ । अभिलेख अनुसार म्याग्दी ठेगाना भएका र बसोबास गर्नेहरु ९४ जनासँग विभिन्न कम्पनी र मोडेलका ९४ थान इजाजत प्राप्त हतियार छन । इजाजत भएका हतियारमध्य अन्नपूर्ण गाउँपालिकाको भित्रका १५ थान, रघुगंगा गाउँपालिका भित्र १४ थान हतियार छन । त्यस्तै बेनी नगरपालिका भित्र २६ थान हतियार छन । मंगलामा ९ थान, मालिकामा १४ थान र धवलागिरीमा ७ थान इजाजत प्राप्त हतियार छन ।
हतियार बोक्नेहरुमा अधिकांश नेता, ठेकदार र केही हतियारधारी फौजधारी अभियोगलागी कैद भोगेका ब्यक्तिको साथमा समेत हतियार रहेका छन ।
जिल्लामा सवै भन्दा धेरै पाखापानी ठेगाना भएका एकै परिवारमा २५ वोर राईफल, २२ बोर राईफल, २ नाले १२ बोर विर्ज लोडिङ, १ नाले १२ बोर विर्ज लोडिङ, २२ बोर राईफलगरी ५ थान हतियार रहेको अभिलेखमा पाईन्छ । जातिगत रुपमा सर्वाधिक धेरै थकाली जातीसँग हतियार रहेका छन । लैङ्गिक रुपमा हेर्दा ११ जना महिलाको नाममा हतियार राखिएको अभिलेखमा भेटिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
