- Loading...
नेपालमा सातापछि मनसुन सक्रिय हुने प्रक्षेपण
- घनश्याम खड्का
- ८ महिना अघि
- २४७ पटक पढिएको

जुन १३ अर्थात् जेठ ३१ गतेलाई नेपालमा मनसुन शुरू हुने दिन मानिन्छ। तर यस वर्ष चार दिन अघि नै मनसुन भित्रिने अनुमान छ ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कंडेलका अनुसार यस वर्ष भारतको केरलाबाट मनसुन शुरू भइसकेको छ। भारतको जल तथा मौसम विज्ञान विभागले मे २९ (जेठ १६) मा केरलाबाट मनसुन शुरू भएको घोषणा गरेको छ। नेपालको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट शुरू भएको मनसुन भारत प्रवेश गरेको एक हप्तादेखि १०-१२ दिनभित्र नेपाल भित्रिन्छ।
भारतको मौसम विज्ञान विभाग (आईएमडी)ले अबको तीन दिनभित्र मनसुन केरलासहित तमिलनाडु, असाम, कर्नाटकलगायत राज्यमा फैलिने जानकारी दिएको छ। अत्यधिक गर्मीका कारण प्रभावित जनजीवन मनसुन भित्रिएसँग सहज बन्ने छ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा. विनोद पोखरेल पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमसम्म पुग्न १५/२० दिन लाग्न सक्छ ।
सामान्यतः मनसुनको समयमा पूर्वबाट पश्चिमतर्फ बहने जलवाष्पयुक्त हावाले नेपालमा पानी पार्छ। हावा सधैँ ‘हाई प्रेसर’बाट ‘लो प्रेसर’तर्फ बहन्छ। अत्यधिक गर्मीका कारण भूसतहको हावा वायुमण्डमा जाँदा उक्त ठाउँमा लो प्रेसर उत्पन्न हुन्छ। लो प्रेसरमा चिसो हावाले ठाउँ लिँदा वर्षा हुन्छ।
किन छिटो भित्रिँदैछ मनसुन?
प्रशान्त महासागरको लालिनाका कारण औसत मितिभन्दा करिब एक हप्ताअघि मनसुन भित्रिने स्थिति बनेको र केही दिनअघि बंगालको खाडीबाट उठेको रेमल चक्रवातको भूमिका पनि रहेको भनिन्छ ।
अत्यधिक गर्मीका कारण जमिन तातेर ‘लो प्रेसर’ हुँदा चिसो हावा जमिनतर्फ बहन्छ र त्यसले पानी पार्छ। केही दिनदेखि भारत, पाकिस्तान र नेपालका तराइमा बढेको अत्यधिक गर्मीले पनि लो प्रेसरको अवस्था सिर्जना गर्न भूमिका खेलेको छ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद कंडेलका अनुसार जमिन जति छिटो र जति बढी तात्यो मनसुन उति छिटो आउने सम्भावना हुन्छ। “जमिन छिटो र धेरै तात्दा त्यहाँको सिस्टमलाई तान्छ। अन्य सहायक सिस्टम पनि विकास भइरहेको हुन्छ। त्यसरी घुमिरहने मौसमी सिस्टमले पनि मनसुनलाई छिटो वा ढिलो गराउन मद्दत गर्छ,” उनी भन्छिन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
