FLASH NEWS
  • Loading...

विश्व वातावरण दिवस ः विभिन्न कार्यक्रमगरी मनाइयो

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १६६ पटक पढिएको
विश्व वातावरण दिवस ः विभिन्न कार्यक्रमगरी मनाइयो

विश्व वातावारण दिवसको अवसरमा जिल्लाका विभिन्न संस्थाले फरक फरक कार्यक्रमगरी मनाएका छन ।
म्याग्दी बहुमुखी क्याम्पसले बेनी अस्पताल क्षेत्र सरसफाई गरी विश्व वातावरण मनाएको छ भने मंगला मावि बाबियाचौरले विद्यालय परिसर सरसफाई गरेको छ । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले घरदेखी विद्यालयसम्म वातावरण मैत्री भन्ने अभियान सहित गमलामा फुलका बेर्ना सारेर वातावरण दिवस मनाउँदा पश्चिम दरवाङ स्थित केवि एकेडेमीले स्थानीय सामुदायीक पाखोमा वृक्षारोपण गरेको छ ।

त्यस्तै उत्तरकाे विश्व वातावरण दिवसका अवसरमा मुक्तिमार्ग मावि घारमा वृक्षाराेपण, गीतत प्रतियोगिता र निबन्ध प्रतियोगिता समेतका कार्यक्रम मनाइएकाे छ । बेनी खानेपानी उपभोक्त संस्थाले भने सदरमुकाम बेनी बजारमा वितरण गरिने खानेपानीको रिजर्भवयर टंकी वरपरको झाडी फाँडेर सरसफाई गरेको छ । त्यस्तै बेनीका न्यूवेष्टपोईन्ट, माउण्ट एभरेष्ट, बेनीबोर्डिङ र बुद्ध एकेडेमीसमेत विद्यालयहरु, सामाजिक संस्था र सरकारी निकायहरुले पनि आधारभुत औपचारिकतामा विश्ववातावरण दिवस मनाएका छन ।
विश्व वातावरण दिवस विश्व पर्यावरण प्रति बैश्विक स्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आहृवानमा सन १९७३ जुन ५ देखी मनाउन थालिएको हो ।