FLASH NEWS
  • Loading...

म्याग्दीका १०० प्रतिशत बालबालिकाले पाए, पोलियो विरुद्धको खोप,

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • ११४ पटक पढिएको
म्याग्दीका १०० प्रतिशत बालबालिकाले पाए, पोलियो विरुद्धको खोप,

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाका सत प्रतिशत लक्षित बालबालिकाले पाेलियाे विरूद्धकाे खाेप पाएका छन ।

कार्यालयले जेठ १३-१९ गतेसम्म संञ्चालन गरेकाे अभियानमा म्याग्दीमा लक्षित ४ हजार २ सय ५२ भन्दा बढी बालबालिकाले पोलियो विरुद्धको खोप लगाएकाे खोप सुपरभाइजर बिरेन्द्रकुमार चौधरीले बताए ।

कुल ४३ सय ६२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा विद्यालयले दिएको तथ्याङ्क त्रुटी, मदरासामा पढ्ने विद्यार्थीको नियमित पढ्नेमा संख्या देखिएकाले लक्ष्यभन्दा १ सय १० जना बालबालिका कमी देखिएको खोप सुपरभाइजर चौधरीको भनाई छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाइएको थियो । बेनी नगरपालिका र पाँच गाउँपालिकाको १ सय ११ विद्यालय, २८ खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वंयमसेविका सहित ४ सय १७ जना जनशक्ती परिचालन गरी खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तिन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई भए पनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छ ।