FLASH NEWS
  • Loading...

ब्यवसायी बोगटीको छिमेकी जिसीले नै हत्या गरेको ठहर

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १६७ पटक पढिएको
ब्यवसायी बोगटीको छिमेकी जिसीले नै हत्या गरेको ठहर

बेनी नगरपालिका वडा नं १ थाङ्ने (आनन्दबगर) घर भएका ४० बर्षिय ब्यवसायी कृष्णबहादुर (सन्तोष) बोगटीको छिमेकी/साथी एवं ब्यवसायीक साझेदार किसान भनिने कृष्णबहादुर जिसीले नै कर्तब्य गरी हत्या गरेको जिल्ला अदालतले ठहर गरेको छ ।
कर्तब्य ज्यान कसुर सम्बन्धी मुद्धामा आइतवार जिल्ला अदालतका न्यायाधिश प्रकाश पण्डितको इजलासले बोगटीको किसान भनिने कृष्णबहादुर जिसीले नै हत्या गरेको ठहर गरेको हो । बोगटी हत्या प्रकरणमा जिसीलाई दोषी ठहर गरेपनि फौजदारी संहिताको ब्यवस्था अनुसार दोषीलाई सँजाय के हुने र कति हुने भन्ने फैसला भने अर्को बहस प्रकृयापछि हुने छ ।
०७९ चैत २९ गते बेनी नपा, १ रत्नेचौरबाट बेनी हिंडेका बोगटी सोही वडाको आनन्दबगर स्थित घर न बेनी स्थित फेन्सी पसलको डेरामा नफर्केपछि खोजी गर्दा चैत ३० गते विहान बेनी–बाग्लुङ सडक अर्न्तगत खवराको हुलाके डाँडास्थित भीरमा मृत अवस्थामा फेला परेका थिए । बोगटीको मृत्यु शंकास्पद देखिएपछि आफन्तले वैशाख १ गते नै जिसी विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
थाङ्ने (आनन्दबगर) स्थित कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन तथा स्थानीय खेल मैदान निर्माण समितिका पदाधिकारी रहेका बोगटी र घर्ती चैत ३० गते बोगटीको बाईकमा रत्नेचौरमा पुगेका थिए । त्यहाँ मदिरा सेवनगरी मोटरसाईकलमा राती ९ बजे फर्केका बोगटी र घर्ती मध्य राती १२ बजे बेनीमा घर्ती एक्लै मोटरसाईकल लिएर आई बोगटीको पसल बाहिर पार्किङ गरी हिंडेको रत्नेचौर र बेनीमा भएको सिसी टिभीमा देखिएको थियो ।
‘ब्यवसायी बोगटी विहिवार विहान मृत अवस्थामा फेला परेपछि घट्नाको शंकास्पद देखियो । मृतकका आफन्तले पनि किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु गरियो । प्रारम्भीक अनुसन्धान क्रममा घट्ना कर्तब्यबाट भएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले भने, ‘रत्नेचौरको एक होटलमा रहेको सिसी टिभी फुटेज, रत्नेचौर–बेनीको सडक दुरी र समयावधी तथा बेनीको नगरपालिका अगाडी रहेको सिसी क्यामेरा फुटेज हेर्दा बोगटी मृत्यु प्रकरण शंकास्पद रहेको हो । आरोपितको फेरिरहने बयान र बाटोमा देख्ने साँक्षीहरुको बयानले घट्ना योजनाबद्ध नभै आकस्मिक भएको हो कि भन्ने देखाउँछ ।’