FLASH NEWS
  • Loading...

बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १८० पटक पढिएको
बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालयमा दर्ता भै जिल्ला अदालत म्याग्दीले ०८० माघ ४ गते पक्राउगरी अनुसन्धान गर्न आदेश भएको एक बैंकिङ कसुरमा फरार अभियुक्तलाई प्रहरीले ५ महिनापछि पक्राउ गरेको छ ।
धार्दिङ जिल्लाको थाक्रे गाउँपालिका, ८ का सोमहरी आचार्यले बेनी नगरपालिका, ५ पुलाचौरकी ३८ बर्षिया रेजिना रामदामलाई जे.सी.भी खरिदविक्रि वापतको ९२ लाख ७५ हजार ४ सय ८८ रुपैयाँको चेक दिएको र चेक साट्न खोज्दा प्रयाप्त बचत नभएको भनी चेक बाउन्स भएपछि बैंक अनादर (बैंकिङ कसुर)मा मुद्धा दर्ता भएको थियो ।
वैंकिङ कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अभियुक्त आचार्य फरार भै कास्कीको पोखरामा लुकिछिपी बसेको अवस्थामा कास्की बैदामको प्रहरीको सहयोगमा फक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी राजन रायमाझीले बताए ।
प्रहरी निरिक्षक रायमाझीका अनुसार पक्राउ परेका अभियुक्तलाई जेठ ३२ गते अदालतमा पेस भै ५ दिनको अनुसन्धान म्याद थप भएको छ ।