FLASH NEWS
  • Loading...

धवलागिरी गाउँपालिकामा ४३ कराेड २७ लाखकाे बजेट पारित

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २०८ पटक पढिएको
धवलागिरी गाउँपालिकामा ४३ कराेड २७ लाखकाे बजेट पारित

म्याग्दीको धवलागिरी गाउँपालिकाले आर्थिक बर्ष ०८१/८२ का लागि ४३ करोड बढीको बजेट पारित गरेको छ ।

शुक्रवार गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न २२ औँ गाउँसभाकेमा गाउँपालिका उपाध्यक्ष रेशम पुनले पेस गरेकाे ४३ करोड२७ लाख ६८ हजार रूपैयाँ बराबरको बजेट  सर्वसम्मत पारित भएकाे छ। बजेटमा संघीय सरकारबाट प्राप्त हुने ३८ करोड ५५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने २ करोड ८२ लाख ६८ हजार, आन्तरिक आय तर्फबाट  ४० लाख र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहन आउने १ करोड ५० लाख नगद मौज्दातलाई स्रोत अनुमान गरिएको छ ।

त्यसैगरी पालिकाले संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा अघि बढाइएको लुलाङ–गुर्जा सडकलाई एक करोड बजेट विनियोजन गरेको छ । बजेटमा पूर्वाधार तर्फ  ८ करोड ७२ लाख ७० हजार, आर्थिक विकास तर्फ  ४७ लाख, ६० हजार, सामाजिक विकासतर्फ ३ करोड ३९ लाख ३४ हजार, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ  ६९ लाख ३६ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १० करोड ८९ लाख १८ हजार विनियोजन भएको छ ।

त्यस्तै, पालिका अध्यक्ष प्रेमप्रसाद पुनले पेस गरेकाे ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारः समृद्ध धवलागिरी निर्माणको आधार’ नारा बाेकेकाे  नीति तथा कार्यक्रम छलफलपछि पारित भएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा गाँजा खेतीलाई प्रोत्साहन गर्ने, कृषि र जडिबुटी खेती, पशुपालन, पर्यटन लगायतका बिषयलाई प्राथमिकता दिईएको छ ।

अधिवेशनमा उपाध्यक्ष रेशम पुनले पेस गरेकाे आर्थिक विद्येयक, झकबहादुर छन्त्यालले पेश गरेकाे विनियोजन विद्येयक र देउ प्रसाद छन्त्यालले प्रस्तुत गरेकाे बेरुजु सम्बन्धी प्रस्ताब छलफल गरि पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत मोति प्रसाद अर्यालले बताए ।

त्यस्तै, धवलागिरी गाउँपािलकाकाे गाउ अधिवेशनले आफ्नो पालिकाको लोगो समेत सार्वजनिक गरेको छ ।