- Loading...
शुद्धीकरण मापदण्ड विपरित गैह्रपत्रकारलाइ सदस्यता दिएपछि, म्याग्दीका पत्रकार असन्तुष्ट
- पुनहिल डट कम
- १० महिना अघि
- २३४ पटक पढिएको

पत्रकारहरुको छाता संगठन मानिएको नेपाल पत्रकार महासंघभित्र सदस्यता शुद्धीकरणकाे राजनिती छताछुल्ल हुन थालेकाे छ।
जिल्ला शाखाकाे शिफारिस, प्रदेश कमिटीकाे अनुमाेदन बेगर महासंघभित्रका ‘नेता पत्रकार’हरुले आफ्नाे दल अनुकुल गैह्पत्रकारलाइ खल्तीबाट सदस्यता बाँडेने र फरक विचार बाेक्नेहरूलाइ शुद्धीकरणकाे हिलाे छ्यापेर हुत्याउने गरेसँगै सर्वत्र विराेध भएकाे छ । याे दीर्घराेगबाट म्याग्दीका पत्रकारहरू पनि पिडीत बनेकाे जनाएका छन ।
जिल्लाका मुख्य तीन पत्रकार संगठनहरूमध्य एमालेकाे प्रेस चाैतारी, काँग्रेसकाे प्रेस युनियन र माअाेवादी केन्द्रकाे प्रेस सेन्टरमध्य शुक्रवार प्रेस चाैतारीका अध्यक्ष प्रताप बानियाँ र प्रेस युनियनका अध्यक्ष राकेश शर्माले प्रेस विज्ञप्ती प्रकाशित गरी पत्रकार महाँसघ केन्द्रीय कार्यालयले जिल्ला शाखाकाे शिफारिस, प्रदेश कमिटीकाे अनुमाेदन पनि नगरेका केही ब्यक्तीलाइ सदस्यता दिएकाे र केहीलाइ जिल्लाकाे स्वीकृति बिना अन्यत्रबाट सदस्यता सरवा गराएकाे भन्दै विराेध गरेका छन ।
महासंघ केन्द्रीय समितिले बनाएको मापदण्ड अनुसार सदस्यता शुद्धिकरण निष्पक्ष र पारदर्शी ढंगले हुनुपर्छ भन्ने मान्यतामा प्रेस चौतारी / प्रेस युनियन म्याग्दी दृढ रहेको उल्लेख गर्दैै तर पत्रकार महासंघले शद्धिकरण मापदण्डलाई वेवास्ता गरिएको ज्ञापनपत्रमा लेखिएको छ ।
पत्रकार महाँसघ केन्द्रीय समिती प्रेस युनियन र प्रेस सेन्टरकाे एलायन्सबाट निर्वाचित भएपनि महाँसघका सेन्टरका महासचिवले अध्यक्ष रहेकाे युनियनलाइ चिप्ल्याएर प्रेस सेन्टर निकटलाइ सुटुक्क सदस्यता थपेपछि विवाद सतहमा अाएकाे हाे ।
म्याग्दीका युनियन र चाैतारीका पत्रकारले महाँसघ केन्द्रले त्रुटी सच्याएर सदस्यता खारेज नगरे तालावन्दी गर्ने र निर्वाचन हुन नदिने बताएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
