- Loading...
बाढीले निर्माणाधिन जलविधुतको इन्टेकमा क्षति, बेनी–जोमसोम सडक अवरुद्ध
- पुनहिल डट कम
- ८ महिना अघि
- १२२३ पटक पढिएको

मंगलवार राती परेको भारी वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा निर्माणाधिन ६ मेगावाट क्षमताको रेलेखोला जलविधुत आयोजनाको बाँधमा क्षति पुर्याएको छ ।
आयोजनाका अनुसार वराहशिखर हिमालको पश्चिम पाटोमा पर्ने खयरवराह मुनीको पाखोमा भारी वर्षापछि आयोजनाको बाँध र इन्टेकमा कालोखोलामा आएको गेग्रानसहितको ठूलो बाढी पसेपछि बाँधमा क्षति पुर्याएको हो । आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेका अनुसार बाढीले बाँध तथा इन्टेकमा ठूलो गेग्रान थुप्रो लगाएको छ । ९० प्रतिशत भौतिक प्रगती रहेको रेलेखोला जलविधुत आयोजनामा बाढीले क्षति पुर्याउँदा असारमा परिक्षण उत्पादन थाल्ने लक्ष्य प्रभावित बनाएको छ ।
त्यसैविच बुधवार दिउँसो परेको मुसलधारे वर्षापछि अन्नपूर्ण गाउँपालिका, ३ दानाको गुईठेभीरमा झरेको पहिरोले बेनी–जोमसोम सडकको अवरुद्ध भएको छ । मंगलवार साँझ देखी अवरुद्ध सडक बुधवार विहान खुलेको थियो । वुधवार दिउँसो ४–५ बजेसम्म परेको मुसलधारे वर्षाले फेरी पहिरो खसेको इलाका प्रहरी कार्यालय दानाका असई यमबहादुर थापाले बताए ।
त्यस्तै अन्नपूर्ण गापा, ६ घारमा परेको मुसलधारे बर्षापछि आएको बाढीले पोखरे–चित्रे सडकको लुलाय, हल्लेखर्क क्षेत्रमा क्षति पुर्याउँदा याताायात अवरुद्ध भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
