- Loading...
ज्यामरुककोटका ‘आमा समूहसँग उपमेयर’
- पुनहिल डट कम
- १० महिना अघि
- १२७ पटक पढिएको

बेनी नगरपालिका–२ ज्यामरुककोटमा आमा समूहसँग उपमेयर जाेडिएकी छिन ।
‘आमा समूहसँग उपमेयर’ कार्यक्रम मार्फत बेनी नपा, २ मा रहेका १४ वटा आमा समूहका प्रतिनिधीहरुलाई साबुन बनाउने र केराको थामबाट धागो बनाउने तालिम सुरू गरिएकाे छ ।
१ हप्ते तालिममा ५० महिला सहभागिता रहने छन । महिलालाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, स्वाभलम्बि र सामाजिक रुपमा शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको उपप्रमुख लामिछानेले बताइन । चालु आर्थिक वर्षमा आमा समूहसँग उपमेयर’ कार्यक्रम संञ्चालन गर्न विनियाेजित २० लाखबाट कार्यक्रमका लागि २ र १० वडा छनौट भएका हुन ।
गत अावमा बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले स्थानीय जातका कुखुरापालन गरेका थिए । वडा नम्बर ९ को गलेश्वर आमा समूहमा आवद्ध २० जना महिलाहरुले चप्पल बनाउने सिप सिकेका थिए । नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सञ्चालन भएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
