- Loading...
प्रेस युनियनको स्थापना दिवसको अवसरमा स्वास्थ्य परीक्षण र खाद्यान्न वितरण
- पुनहिल डट कम
- ७ महिना अघि
- ८२ पटक पढिएको
नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ ।
नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
संघका अध्यक्ष एवम् स्वास्थ्यकर्मी शम्भुराज पाण्डेको नेतृत्वमा सुगर, प्रेसर परीक्षण गरिएको थियो । त्यस्तै पत्रकार महासंघको कार्यालयमा सरसफाई गर्ने बेनी नगरपालिका–३, भकिम्लीकी मनकुमारी परियार, म्याग्दीबाट प्रकाशित हुने पत्रिका वितरक गर्ने पर्वत जलजला गाउँपालिका–७ धाइरिङका सन्ते नेपाली र बैदेशिक रोजगारीमा श्रीमान गुमाउनुभएकी बेनपा–६ डम्बराकी जानकी विश्वकर्मालाई करिब २२ हजार बराबरको खाद्यान्न साम्रागी वितरण गरिएको थियो ।