- Loading...
बेनी–गलेश्वर सडकमा फेरी बग्न थाल्यो अलकत्रा, दुर्घटनाकाे जाेखिम
- पुनहिल डट कम
- ९ महिना अघि
- ३७६ पटक पढिएको

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना अर्न्तगतको बेनी–गलश्वेर ३ किलोमिटर खण्डमा फेरी अलकत्रा उम्लने र बग्ने ‘बिटुमिन ब्लीडिङ’को समस्या दोहोरिएको छ ।
घाम झुल्केसँगै बेनी–गलेश्वर खण्डको सडकमा बिटुमिन ब्लिडिङ नरोकिंदा सवारी साधन चिप्लेर दुर्घटनाको जोखिम बढेको छ । मध्यान्न हुँदा बिटुमिन (अलकत्रा) बगेर सडक छिपछिपे हिजो जस्तै बन्छ । पैदल यात्रा गर्दा च्याप च्याप खुट्टा अल्झने र गाडी गुड्दा कालोपत्रे उप्कने भएको छ ।
गरिएको डिविएसडी प्रविधीको कालोपत्रे सडकमा अनुपात भन्दा बढी विटुमिन छर्केकोले समस्या आएको हो । सडक निर्माण ब्यवसायीले गत मंसिरको अधिक चिसो मौषममा सडक कालोपत्रे गर्दा विटुमिन (अलकत्रा)को मात्रा बढी विच्छाईएका थिए ।
‘बेनी–गलेश्वर सडकमा अलकत्रा उम्लने समस्या दोहोरिएको छ । समस्या रोकथामको प्रयास गरिरहेका छौं । सडकमा लछप्पै निक्लेको अलकत्रामाथी स्याण्ड सिल्क (वालुवा) हाल्ने काम भैरहेको छ’ बेनी–गलेश्वर सडक कालोपत्रे गरेको ठेकेदार कम्पनी मंगलादेवी सुवास कन्ट्रक्सनका शुवास कार्कीले भने, ‘मंसिरमा सडक कालोपत्रे गर्दा राम्रो भएको थियो तर अहिले गर्मी बढेपछि उम्लेर हैरान बनाएको छ ।’
सडक इन्जिनियरहरुका अनुसार १ वर्ग मिटर क्षेत्रफल सडकमा १ देखी १.२ लिटर विटुमिन हाल्नु पर्नेमा बेनी–गलेश्वर सडकमा राख्नु पर्ने अनुपात भन्दा बढी प्रति वर्गमिटर १.५ देखी १.८ लिटरसम्म विटुमिन छर्केकोले समस्या आएको हो । आयोजनाका साईड हेर्ने इन्जिनियरहरुले वेवास्ता गरेको वा सडक कालोपत्रे गर्दा नियमन नै नगर्दा ठेकदारबाट लार्पवाही भएको हुन सक्ने अनुमान छ ।
बिटुमिन उम्लने (ब्लीडिङ) रोक्न ठेकदारले कालो च्याप च्याप लाग्ने सडकका बालुवा हालेपछि सडकमा हिड्नै नमिल्नेगरी धुलो उड्ने गरेको छ । सडकमा हेर्नै नमिल्नेगरी अधिक धुलोले दुई पाङ्गे सवारी यात्रा थप जोमिखपूर्ण बनेको छ । पैदल यात्रा गर्न उस्तै सास्ती भएको छ ।
सडक कालोपत्रे गरेको ५ महिना नवित्दै बिटुमीन ब्लीडिङ भै सवारी साधन चिप्लने र टाँसिने मात्र होईन, बेनी–गलेश्वर ३ किलोमिटर खण्डमा दर्जनबढी स्थानमा उप्केर खाल्डाखुल्डी पर्न थालेको छ ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाको बेनी–गलश्वेर खण्ड सडक स्तरउन्नत गरी ८ मिटर चौडा कालोपत्रे बनाउन दुई वर्षभित्र काम सक्ने कार्यादेशमा १२ करोड ७५ लाख ९४ हजारमा ठेक्का सम्झौता गरेको ठेकेदार धनञ्जय/मंङ्गलदेखी सुवास कन्ट्रक्सन जेभीलाई ठेक्का दिएको थियो ।
सडकको माथिल्लो सतह चिल्लो र लचिलो तथा भित्री तहसम्म मजवुत बनाउन सडकमा बिटुमिन/अलकत्रा ओच्छ्याउने वा पीच गर्ने भनिन्छ । पेट्रोलियमको कच्चा तेल प्रसोधनगरी पेट्रोल, हवाई इन्धन, डिजेल, खाना पकाउने ग्याँस, मट्टीतेल जस्ता सामाग्री निकालेपछि बाँकी रहेको तरल रिफाईनि क्रुड आयलबाट बिटुमिन बन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
