- Loading...
थाेरङ्लापासमा सम्पर्कविहीन बनेका भारतीय पर्यटककाे उद्धार
- पुनहिल डट कम
- ९ महिना अघि
- ३८१ पटक पढिएको

मनाङहुँदै राउण्ड अन्नपूर्णा सर्किटकाे कठिन रूट थाेरङ्लापासगरी मुस्ताङकाे मुक्तिनाथ अाेर्लनेक्रममा सम्पर्कविहीन बनेका दुइ भारतीय पर्यटकलाइ मुस्ताङ प्रहरीसमेत सुरक्षा अधिकारीहरूले उद्धार गरेका छन ।
हिजाे वुधवार थाेरङ्लापासगरी मुक्तिनाथ तर्फ अाेलेर्का भारत मुम्बइका दम्पत्ती टाेनी पार्मर र अमनज्याेती पामर्र खराव माैषमकाे कारणा वेपत्ता भएका थिए । दम्पत्तिलाइ बुधवार विहान खाेज तथा उद्धारकालागी गएकाे नेपाली सेनाकाे नारयण दल गणाका प्रमुख सेनानी (कर्णेल) लेखनाथ कटुवाल, प्रहरी नायव उपरिक्षक भाेजराज पाण्डे समेतकाे २४ सदस्यीय संयुक्त टाेलीले विहवार विहान १० बजे मुस्ताङकाे वारागुङमुक्तिक्षेत्र गाउँपालिका, २ मा पर्ने थाेरङ्रला फेदीकाे टिसपकाे छाप्राेमा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ ।
प्रहरीका अनुसार काठमाण्डाैकाे हिमालयन अाेन्ड्रस एजेन्सी मार्फत राउण्ड अन्नपुर्ण पदयात्रामा निक्लेका ३ महिलासमेत १० भारतीय र ६ जना नेपाली गाइड एवं पाेटरहरू वुधवार १ बजे मनाङबाट थाेरङ्लापास क्रसगरी मुक्तिनाथ तर्फ अाेर्लन सुरू गरेकाे थियाे । खराव माैषमका विच टाेलीका अन्य सदस्य सकुसल तल मुक्तिनाथ अाेर्लेपनी पार्मर दम्पत्ती हिंड्न नसकी सम्पर्कविहीन बनेकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी भाेजराज पाण्डेका अनुसार पार्मर दम्पत्ती अाेरालाेमा हिमपात भएपछि हिंड्न नसकेकाे र थाेरङलाफेदी अाउँदा अँध्याराे भै वाटाे र पुग्नु पर्ने गन्तब्य पहिचान हुन नसक्दा बस्ती देखी ३० मिनेटदुरी माथी प्रयाेगहीन टिहाउसकाे छाप्राेमा बसेकाे थियाे । लेक लागेर अश्वस्थ्य बनेकाे र भाेकै भएकाेले पार्कर दम्पत्ती विहान उज्यालाे हुँदा समेत बाहिर निक्लिन सकेकाे थिएनन । उनीहरूलाइ एयर डाइनेष्टीकाे हेलिकाेप्टरबाट उद्धारगरी काठमाणडाै लगिएकाे छ ।
तस्वीर साैजन्य ः जिल्ला प्रहरी कार्यालय, मुस्ताङ

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
