- Loading...
विद्यालयकाे खाजा जंकफुडमुक्त बनाइने, पोसिलो खाजा पकाउन सिक्दै अभिभावक
- पुनहिल डट कम
- ९ महिना अघि
- ५८६ पटक पढिएको

विद्यालयमा अध्ययनरत बालबालिकामा कुपोषण तथा अल्पपोषण समस्या हटाउन अन्नपूर्ण गाउँपालिकाले अभिभावकलाई पोसिलो खाजा बनाउने तरिका सिकाउन थालेको छ ।
अहिले धेरैजसो बालबालिका जंकफुड र फास्टफुडको तलमा छन । सहरी अभिभावक बालबच्चालाई विद्यालयको खाजामा चाउचाउ, कुरकुरे, चिप्स जस्ता जंकफुड पठाउँछन । विद्यालयका क्यान्टीनहरुले पनि पोसिलो हैन, टेस्टिङ पाउडर तथा रङमिसावट युक्त मःम, चाउमिन, समोसा, चटपटे जस्ता फास्टफुड मात्र वेच्ने गरेका छन । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले भने विद्यालयमा जंकफुड प्रयोग शुन्य बनाउने अभियानमा जुटेको छ ।
गाउँपालिकाले बहुक्षेत्रिय पोषण कार्यक्रम अर्न्तगत विद्यालयमा खाजाको रुपमा प्रयोग भैरहेको जंङ्कफुड विस्थापित गर्न अभिभावकहरुलाई घरमै पोसिलो खाजा बनाउने तरिका सिकाउन थालेको हो । सरकारले सामुदायीक विद्यालयमा १–५ कक्षामा पढ्ने वालवालिकालाई पोषणयुक्त खाजा खुवाउन प्रति विद्यार्थी दैनिक १५ रुपैयाँ पठाएको छ । अन्नपूर्ण गाउँपालिकाले स्थानीय स्रोतबाट खर्च ब्यहोर्नेगरी कक्षा ६ मा अध्ययनरत विद्यार्थीकालागी समेत दिवा खाजा खुवाउने गरेको छ । तर म्याग्दीका अधिकांश विद्यालयले खाजा खर्च नगद नै दिने र अभिभावकले भने चाउचाउ, विस्कुट जस्ता जंङ्कफड दिएर पठाउने गरेका छन ।
‘केही विद्यालयले तोकिएको मापदण्ड भित्रकै पोसिलो खाजा खुवाई रहेका छन । धेरैले भने विद्यार्थीको खाजा खर्च अभिभावकलाई नगदमै दिने गरेका छन । विद्यालयको खाजामा जङ्कफुड अन्त्य गर्न अभिभावक संघका पदाधिकारी मार्फत अभिभावकलाई पोसिलो खाजा बनाउने, खाजामा मिलाउने खाद्यान्न र परिणामका बारेमा सिकाईएको छ’ अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दीवा तिलिजाले भनिन्, ‘माथिल्लो कक्षा चलेका विद्यालयमा क्यान्टीन चल्ने रहेछ, त्यसैले त्यहाँ दिवा खाजा बनाउन सकिने रहेछ । अलि छेउकुनाका वस्तीमा न्यून विद्यार्थी भएका आधारभुत तहका विद्यालयमा दिवा खाजाको पैसा नै बाडिने रहेछ ।’
उपाध्यक्ष तिलिजाले थपिन, ‘हामी कक्षा १–५ सम्ममात्र होईन विद्यालय तहमै स्थानीय कृषी उत्पादनलाई प्राथमिकतामा राखेर पोसिलो खाजा अनिवार्य गर्ने अभियानमा छौं । जंङ्कफुड किन्ने पैसाले पोसिलो खाजा किन्न सक्छन ।’
पोषणयुक्त खाना अभावले वालबालिकामा कुपोषण भै पुड्को, अल्पपोषण जस्ता समस्या देखिएपछि दिवा खाना कार्यक्रम लागु भएको हो । दिवा खाजाले वालबालिकाको उपस्थिती बढ्ने, विद्यालय छोड्ने दर घट्ने र पोषण सुधार भै शैक्षिक उपलब्धीमा सुधार ल्याउने उद्देश्य छ ।
विद्यार्थी संख्या घट्दै गएपछि विद्यालयमा खाजा बनाउने क्यान्टीन संञ्चालक नै पाउन समस्या हुने गरेको छ । सामान्यतया एक सय जनाभन्दा थोरै विद्यार्थी भएका विद्यालयमा विद्यार्थी/शिक्षककालागी खाजा पकाउने क्यान्टीन संञ्चालक नै पाईदैनन । विद्यालयमा क्यान्टीन चलाउने मात्र होईन विद्यालय लक्षिात पसलहरु समेत पाउन समस्या छ । केही जाँगरिला शिक्षक/शिक्षिकाले भने न्यून विद्यार्थी भएपनि मापदण्ड अनुसारकै खाजा निर्धारित मुल्यमा पकाउने गरेका छन ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवा खाजा ब्यवस्थापनमा एकरुपता ल्याउन सहयोगी पुस्तिका तयार पारी ६० थरिका खाजाको मेन्यु नै तयार पारेको छ । तर यहाँका अधिकांश विद्यालयले विद्यार्थीलाई खाजा बनाई खुवाउनुको सट्टा अभिभावकलाई नगद नै बाँड्ने गरेका छन । विद्यालय मात्र होईन, अभिभावकहरु पनि उस्तै अल्छी देखिएका छन । घरको भात, साग भुटेर एउटा टिपिनमा प्याक गरी पठाउनुको सट्टा चाउचाउ, विस्कुट किनेर पठाउने गरेका छन ।
वयस्कलाई मात्र होईन, वच्चालाई पनि सधै घरको एकथरी खान रुच्दैन । त्यसैले उनीहरुलाई फरक–फरक स्वादका खाने कुरा बनाउनु पर्छ । हरेक दिन फरक फरक खाजा दिंदा वालबालिका खुसी हुन्छन’ मिलन म्याग्दी गैहृसरकारी संस्थामा पोषण विज्ञको रुपमा कार्यरत गरिमा पुनले भनिन, ‘सामान्यतया कार्वोहाइड्रेट, प्रोटिन, भिटामिन, फ्याट सवै ठिक्क रहनेगरी खाजा बनाउँदा हुन्छ । अभिभावकले झन्झट नमानी घरमा उपलब्ध जे, छ त्यसैको पोसिलो खाजा बनाउन सकिन्छ ।’
अन्नपूर्ण गाउँपालिकामा मात्र होईन, जिल्लाका अन्य पाििलकाको अवस्था पनि उस्तै छ । ग्रामिण भेगका विद्यालयमा भन्दा सहरी क्षेत्रका विद्यालयमा जंकफुड र फास्टफुडको समस्या बढी छन । अझ निजी विद्यालयहरुमा त आफ्ना नानीबाबुलाई कस्ले धेरै जंङ्कफुड र फास्टुफुड पठाउने प्रतिस्पर्धा जस्तै देखिएको छ ।
‘हामी सकेसम्म अभिभावकलाई जङ्कफुड नपठाउन भनेका छौ । सहरी क्षेत्रका अभिभावक बढी कामकाजी हुने भएकोले होला, जंकफुड भन्दा फास्टफुड प्राथमिकता छ । विद्यालयको क्यान्टीनले पनि फास्टफुड नै पस्केका छन’ सदरमुकाम बेनीका निजी विद्यालय लिटल गार्डेन एकेडेमीका फाउण्डर बालकृष्ण सुवेदीले भने, ‘विद्यालय जहिल्यै र हेल्दी र हाईजनिक खाजामा प्रोत्साहन गरेको छ । खाजा सकेसम्म घरबाटै पोसिलो र ताजा पठाउन आग्रह छ ।’
म्याग्दीमा प्रारम्भीक वाल विकासमा ३ हजार ५ सय ९९ जना र आधारभुत तह १–५ कक्षामा १० हजार ८ सय ९६ जना बालबालिका अध्ययनरत छन । कम्तीमा १ सय ८० दिन हाँजिर भएको प्रमाणको आधारमा स्थानिय पालिकाहरुले सोझै विद्यालयको खातामा बालबालिकाको दिवा खाजाको रकम निकासा दिने ब्यवस्था छ ।
दिवा खाजा ब्यवस्थापन पुस्तिकाले हरेक पालिकाले आफ्ना मातहतका सवै विद्यालयलाई विद्यार्थीको दिवा खाजाको दैनिक फरक फरक परिकार हुनेगरी ‘मेन्यु’ तयार पारी कार्यान्वयन गर्नु पर्ने जिम्मेवारी तोकेको छ । तर स्थानीय पालिकाहरुले दिवा खाजाको पैसा पठाउने बाहेक चासो र सकृयता देखाएका छैनन । अझ निजी विद्यालयमा अध्ययनरत बालबालिकालाई त चासो मात्र हैन वेवास्ता गर्ने गरेका छन ।
‘हामीले बालबालिकालाई आवश्यक पोषकतत्व (कार्वोहाईड्रेड, प्रोटिन, चिल्लो) तथा सुक्ष्मतत्व (आयोडिन, आइरन, भिटामिन, जिङ्क) आदी पाईने खाद्यान्नबाट दैनिक आलोपालो खाजा बनाउने मेन्यु बनाएका छौं’ अन्नपूर्ण गाउँपालिका, ३ दाना स्थित ज्ञानप्रकाश माध्यामिक विद्यालयका प्रध्यानअध्यापक सान्तकुमार नेपालीले भने, ‘स्थानीय कृषी उत्पादन मिलाएर खाजा बनाउन सकिन्छ तर चिनी, नुन र मसलाको खर्च १५ रुपैयाँले नउठ्ने गरहेछ, विद्यालयले विद्यार्थीको पोसिलो खाजामा थप ५ रुपैयाँ खर्च गर्ने गरेको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
