- Loading...
पत्रकार महासंघ अध्यक्षमा महिलालाई सर्वसम्मत प्रयास
- पुनहिल डट कम
- ९ महिना अघि
- २०६ पटक पढिएको

नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि जेठ २६ गते निर्वाचन मिति तय गरेको छ ।
यस पटक महासंघको निर्वाचनमा माओवादी सम्बद्ध प्रेस सेन्टर, एमालेको प्रेस चौतारी र कांग्रेसको प्रेस युनियनबीच सहमति गरेर सर्वसम्मत नेतृत्व चयनको प्रयत्न भैरहेको छ। यस पटक महासंघको अध्यक्षमा एमाले अवद्ध निर्मला शर्मालाइ सर्वसम्मत अध्यक्ष बनाउन प्रमुख घटकहरू विच गृहकार्य थालिएको छ।
चर्चा र छलफल अनुसार अध्यक्षमा चौतारीकी निर्मला शर्मा, बरिष्ठ उपाध्यक्षमा प्रेस सेन्टर, महाँसचिवमा प्रेस युनियन र अन्य साना पेसागत संगठन तथा स्वतन्त्र पत्रकारहरू समेत समेटेर सर्वसम्मत नेतृत्व छान्ने अभ्यास भैरहेको छ । तर एकथरी दलका अति हनुमानहरू भने नेतृतवमा अकांक्षा देखाएर संभावना भाँड्ने प्रयत्नमा पनि सकृय छन ।
अध्यक्षकी दावेदार शर्माले हालै एमाले निकट चौतारी र माओवादी निकट सेन्टरबीच गठवन्धन संभावनासहित माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेकी छिन्। भेटमा प्रधानमन्त्री प्रचण्डले वाम पत्रकारहरुको गठबन्धन हुने र पहिलो महिला अध्यक्ष बनाउने बचनबद्धता दिइसकेका छन्।
चौतारीबाट गगन बिष्ट, महासंघका पूर्वअध्यक्ष महेन्द्र बिष्ट र चौतारीका अध्यक्ष गणशे बस्नेत रहेको तीन सदस्यीय वार्ता टोली गठन गरि चुनावी सहकार्यका लागि छलफल चलिरहेको छ। त्यस्तै माओवादीको तर्फबाट वार्ताटोलीमा प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटा, महासंघका पूर्वअध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य र पत्रकार महासंघका पूर्वकोषाध्यक्ष खिलबहादुर भण्डारी रहेको तीन सदस्यीय समिति गठन गरिएको छ।
यसैबीच महासचिव लिन तयार भए युनियनलाई पनि समेटेर सर्वसम्मत बनाउने गरि छलफल भइरहेको र पदाधिकारी चयनमा सहमति जुटाउन प्रेस युनियनले वार्ता टोली गठन गर्न लागेको जानकारी दिएका छन ।
पत्रकार महासंघको सदस्यता निर्धारण प्रक्रियामा पत्रकार संगठबीच व्याप्त बिवादले निर्वाचनको माहोल बन्न सकिरहेको छैन। सदस्यता शुद्धिकरणको प्रक्रिया चलिरहेको र ठूलो संख्यामा सक्रिय पत्रकारितामा आबद्ध नभएकाहरुलाई कटौती गर्न लागिएको महासंघका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए। उनले नवीकरण, थप र कटौती गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाउँदै सर्वपक्षीय सहमति जुटिसकेको बताए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
