FLASH NEWS
  • Loading...

मानव श्वास्थ्य र पर्यावरण क्षति पुर्याउँदै एसिड ब्याक्ट्री दुरूपयाेग, नियमन कस्ले गर्ने ?

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • ३०९ पटक पढिएको
मानव श्वास्थ्य र पर्यावरण क्षति पुर्याउँदै एसिड ब्याक्ट्री दुरूपयाेग, नियमन कस्ले गर्ने ?

हामीले घर वा कार्यालयमा इन्भटरमा पावर व्याकअपको रुपमा प्रयोग भएका लिड एसिड ब्याक्ट्री हुन वा ग्रामिण वस्तीका घर–घरमा प्रयोग भएका सोलार लिड एसिड ब्याट्री ‘ल्किन इनर्जी’ मात्र रहेन, अव यिनीहरु मानवश्वास्थ्य र प्रर्यावरणकालागी घातक वस्तु बन्न थालेका छन ।

घर, कार्यालय, विद्यालयहरुमा सौर्य उर्जा, होमस्टिम ब्याक अप पावर प्रणाली र आटो मोवाईल्स तर्फ प्रयोग भएका लीड एसिड ब्याट्रीको असुरक्षित विर्सजनले मानव स्वास्थ्य, वनस्पति तथा माटोमा असर मात्र गरेको छैन, सीसा झिकेर सिकारीहरुले घरेलु हतियारमा प्रयोग वढ्न थालेको छ ।

प्रयोगमा रहेका लिड एसिड ब्याट्रीको भण्डारण, चार्ज र रिसाईकल गर्न सरोकारवालाको चासो, नियमन नहुँदा घर, कार्यालय, विद्यालयहरुमा प्रयोग भएका पुराना लिड एसिड ब्याक्ट्री ब्यापारी (कवाडीवाला)ले खेतवारी र खोल्सामा पोख्ने गरेका छन ।


लिड एसिड ब्याट्रीमा एसिड, सिसा र कार्वन हुन्छ । कवाडीवालाले मात्र होईन सिकारीले पनि ब्याट्रीका लिड एसिड झोल खेतवारीमा पोखेर भित्रको सिसा झिक्ने र वन्दुकको छर्रा बनाउने गरेको गाउँलेहरु बताउँछन ।

‘हामीले पछिल्लो १५–१८ बर्षदेखी बेनीमा सोलार तथा पावर ब्याकअपको इन्भटर ब्याक्ट्री बेच्छौं । तर लिड एसिड ब्याट्री फिर्ता ल्याउनु पर्ने कानुनी कुराबारे जानकारी पाएको छैन । कसैले न हामीलाई भनेको छ, न हामीले क्रेतालाई सचेत गराएका छौं’ बेनी नगरपालिका, ८ क्याम्पसचोक स्थित ढकाल सोलार हाउसका नकुल ढकालले भने, ‘सदरमुकामका ग्राहकको घरबाट पुराना लिड एसिड ब्याक्ट्री ल्याएर ब्याक्ट्रीको अवस्था हेरी कम्पनीमा साट्न फिर्ता पठाउने वा कवाडीवालालाई दिने गरिन्छ । जे गरेपनि ब्याक्ट्री भित्रको झोल नालीमा घोप्ट्याएर हलुका बनाउने नै हो ।’

एसिड एक प्रकारको अम्ल हो । अम्लमा प्रायः हाईड्रोजनको उपस्थिती हुन्छ । एसिड दुई प्रकारको हुन्छ, जैविक (जीवजन्तुबाट प्राप्त हुने र खनिज (पृथ्वीबाट प्राप्त हुने) । जैविक एसिड प्रायः अमिलो र खानयोग्य हुन्छन । खनिज एसिड हारिकारक, अखाद्य हुन्छन । सोलार ब्याट्रीमा प्रयोग हुने एसिड कडा खालको हो । एसिडको सम्पर्कमा आउने वस्तुलाई पोल्ने र डढाउने हुन्छ ।


भारतको उच्च न्यायालयले खनिज एसिडलाई हतियारको रुपमा स्वीकार गर्दै यसको खुल्ला विक्रि वितरणमा रोक लगाएको छ । नेपालको वातावरण ऐन, नियमले पनि एसिड प्रयोग र ब्यवस्थापन कानुन बनेको छ । तर संघ, प्रदेश र स्थानीय सरकारहरु यस्ता मानव तथा पर्यावरणका घातक हानिकारक वस्तु नियमनमा खासै चासो राखेको पाईदैन ।
नेपालमा यति नै सौर्य उर्जा ब्याट्री प्रयोग भए भन्ने एकिन तथ्याङ्ढ कहि फेला पर्दैन । एक अनुमान अनुसार नेपालमा प्रयोग भएका १ करोड १८ लाखबढी लीड एसिड ब्याट्रीको सही ब्यवस्थापन स्वास्थ्य र सुरक्षाका दृष्टीकोणले चुनौति थपेका छन । सौर्य उर्जामा मात्र होईन, होमस्टिम ब्याक अप पावर प्रणाली र आटो मोवाईल्स तर्फ प्रयोग भएका लीड एसिड ब्याट्री पनि उत्तिकै दुरुपयोग भएका छन ।

हामीले गाउँगाउँबाट संकलन गर्ने पुराना भै थन्केका सोलार, होम युपिएसका लिड एसिड ब्याट्रीहरु १ हजार ५ सय देखी २ हजार ५ सयसम्ममा किन्छौं, अनि ब्याक्ट्रीको पानी नजिकै खेतवारी वा खोल्सामा फाल्ने गरेका छौं’ बेनीका कवाडी संकलक प्रमोदकुमार शर्माले भने, ‘गाउँबाट कहाँ गरुङ्गो ब्याक्ट्री बोकेर हिंड्न सकिन्छ, संभव नै हुँदैन । कहाँ कानुन बारे पनि थाहा छैन हुन्छ ।’

यस्तो लिड एसिड ब्याक्ट्रको प्रयोग र विक्रि नियमन गर्न बनेको वातावरण ऐन ०५४ र नियमावलीले लिड एसिड ब्याट्री ब्यवस्थापन कानुन कार्यान्वयन भएको छैन । वातावरण संरक्षण नियमावली, २०५४ को अनुसूची ९ मा सोलार ब्याट्री कारोवारका सर्त उल्लेख छ ।

यस्ताे छ, कानुनी ब्यवस्था ः 

वातावरण ऐन ०५४ काे (नियम २०घ. को उपनियम (१) र उपनियम (६) सँग सम्बन्धित)
ब्याट्रीको कारोबार गर्दा पालना गर्नु पर्ने शर्तहरु

ब्याट्री व्यवसायीको रुपमा कारोबार गर्दा देहायको शर्तहरु पालना गर्नु पर्नेछ ः–

(क) उत्पादनको लागि ः

१. ब्याट्रीबाट मानव, जीवजन्तु तथा पर्यावरणमा पर्ने वा पर्न सक्ने नकारात्मक प्रभावको सम्बन्धमा मन्त्रालयले तोके बमोजिमको जोखिमको सङ्केत चिन्ह सहित स्पष्ट भाषामा चेतनामूलक सन्देश ब्याट्रीमा उल्लेख गर्नु पर्ने ।

२. पुनः प्रशोधित लिड खरिद गर्दा प्रचलित कानून बमोजिम कारोवार दर्ता गरेको वा स्वीकृति वा अनुमति लिएका व्यक्ति वा संस्थासँग मात्र खरिद गर्नु पर्ने ।

३. उत्पादन शुरु गरेको मितिले एक वर्षभित्र नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थाबाट गुणस्तर सम्बन्धी प्रमाणपत्र लिनु पर्ने ।

४. मन्त्रालयले तोके बमोजिमको जोखिमको सङ्केत चिन्ह ब्याट्रीमा उल्लेख गर्नु पर्ने ।
(ख) मर्मतकर्ताको लागि ः
ब्याट्रीको मर्मत सम्भार गर्दा ब्याट्रीबाट हुन सक्ने आकस्मिक जोखिमको व्यवस्थापनको लागि अल्पकालिन र दीर्घकालिन योजना बनाई लागू गर्नु पर्ने ।
(ग) पुन ः प्रशोधनको लागि ः

१. ब्याट्री पुनः प्रशोधन गर्ने स्थानमा ब्याट्रीबाट निस्कने एसिडलाई जमिनले नसोस्ने व्यवस्था गर्नु पर्ने ।

२. ब्याट्री पुनः प्रशोधन गर्दा निस्कने एसिडलाई निस्प्रभावी पार्ने व्यवस्था गर्नु पर्ने ।

३. ब्याट्री पुनः प्रशोधन गर्दा निस्कने लिडका कणको मात्रा न्यूनीकरण व्यवस्था गर्नु पर्ने ।

४. ब्याट्री पुनः प्रशोधन गर्दा हुन सक्ने आगजनीजन्य जोखिमलाई व्यवस्थापन गर्न तत्काल उद्धारको व्यवस्था गर्नु पर्ने ।

५. पुनः प्रशोधनको लागि ब्याट्री फुटाउँदा मेसिनको प्रयोग गर्नु पर्ने ।
(घ) आयातकर्ताको लागि ः
ब्याट्री आयात गर्दा त्यसरी गर्न अनुमति प्राप्त व्यक्ति वा संस्थाले मात्र आयात गर्नु पर्ने ।
(ङ) डिलरको लागि ः

१. टुटेफुटेका वा एसिड चुहिएका ब्याट्री खुद्रा विक्रेतालाई विक्री गर्न नहुने ।

२. प्रयोगकर्ताबाट प्राप्त भएका ब्याट्री छ महिनाभित्र सुरक्षितसाथ पुनः प्रशोधन समक्ष पठाउने ।

३. प्रयोग भएका ब्याट्रीहरु पुनः प्रशोधन नगरी पुनः बिक्री नहुने ।
(च) सङ्कलनको लागि ः

१. प्रयोग भइसकेका ब्याट्री प्रयोगकर्ता तथा खुद्रा विक्रेताबाट सङ्कलन गरी तीन महिनाभित्र पुनः प्रशोधक समक्ष पठाउने ।

२. ब्याट्री सङ्कलन गर्ने स्थानहरु यकिन गरी सम्बन्धित प्रयोगकर्ता, डिलर तथा खुद्रा विक्रेतालाई जानकारी गराउनु पर्ने ।

३. एसिड नचुहिने गरी ब्याट्री सङ्कलन गर्नु पर्ने ।
(छ) खुद्रा विक्रेताको लागि ः

१. टुटेफुटेका वा एसिड चुहिएका ब्याट्री प्रयोगकर्तालाई बिक्री गर्न नहुने ।

२. प्रयोग भईसकेका ब्याट्री आफूसमक्ष सङ्कलन भएपछि पुनः प्रशोधनको लागि तीन महिनाभित्र सङ्कलक वा पुनः प्रशोधक समक्ष पठाउने ।

३. आफूले बिक्री गरेका ब्याट्री प्रयोगकर्ताबाट प्रयोग भइसकेपछि प्रचलित बजार मूल्यमा पुनःआफैले खरीद गर्ने व्यवस्था मिलाउनु पर्ने ।
(ज) सामूहिकरुपमा पालना गर्नु पर्ने शर्त ः
ब्याट्री व्यवसायीले सामूहिकरुपमा पालना गर्नु पर्ने शर्तहरु ः

१. ब्याट्रीको कारोबार गर्दा नेपाल सरकारबाट स्वीकृत पेशागत स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड लागू गर्नु पर्ने ।
स्पष्टीकरण ः यस खण्डको प्रयोजनको लागि “कारोबार” भन्नाले ब्याट्रीको उत्पानदन,मर्मत, पुनः प्रशोधन, आयात, डिलर, सङ्कलक वा खुद्रा विक्रेता सम्बन्धी कुनै कार्यलाई जनाउँछ ।

२. ब्याट्रीको कारोवार गर्ने स्थानमा ब्याट्रीबाट हुनसक्ने आकस्मिक जोखिम व्यवस्थापनको लागि तत्काल उद्धारको व्यवस्था गर्नु पर्ने ।

३. ब्याट्रीको कारोबार गर्दा निस्कने एसिड लगायत अन्य तरल पदार्थको मात्रा ६ पी.एच. भन्दा कम हुनु नहुने ।

४. ब्याट्रीको भण्डारण गर्दा मानवीय तथा पर्यावरणीय हिसावले नोक्सानी नहुने गरी भण्डारण गर्नु पर्ने ।

५. ब्याट्रीको ढुवानी तथा भण्डारण गर्दा वातावरणीय प्रदुषण हुन नदिन प्रचलित वातावरण सम्बन्धी कानूनले तोकेका शर्तहरु पालना गर्नु पर्ने ।

६. ब्याट्री ढुवानी गर्दा एसिड नचुहिने गरी एसिड अबरोधक प्लास्टिक वा एसिड अबरोधक पदार्थबाट बनेको एप्रोन प्रयोग गर्नुका साथै ब्याट्रीलाई ढुवानी गर्ने साधनमा राख्दा नहल्लिने गरी ठाडो पारी राख्नु पर्ने ।

७. ब्याट्रीको विज्ञापन गर्दा लिड तथा एसिडबाट उत्पन्न हुन सक्ने जोखिमको विषयमा सरोकारवालालाई जानकारी गराउनु पर्ने ।

८. आफूले वर्षभरि गरेको ब्याट्रीको कारोबार सम्बन्धी विवरण अद्यावधिक गरी सोको एक प्रति मन्त्रालयले तोकेको ढाँचामा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र आफूले कारोबार दर्ता गरेको वा सो प्रयोजनको लागि स्वीकृति वा अनुमति लिएको
निकायमा पेश गर्नु पर्ने ।

९. मन्त्रालयले समय समयमा तोकेका शर्तहरु पालना गर्नु पर्ने ।
(झ) ब्याट्रीको प्रयोगकर्ताको लागि ः
१. प्रयोग गरिसकेका ब्याट्री तथा ब्याट्रीका कुनै अवयव घरायसी फोहोरमा मिसाउन नुहने ।
२. ब्याट्रीलाई तोडफोड गरी आफै नष्ट गर्न नहुने ।
३. प्रयोग भईसकेका ब्याट्री खुद्रा बिक्रेता, सङ्कलक वा डिलर समक्ष पठाउनु पर्ने ।