- Loading...
ई-सिगरेट अब नेपालमा प्रतिवन्ध !
- पुनहिल डट कम
- ९ महिना अघि
- २४४ पटक पढिएको

सरकारले ईलेक्ट्रोनिक सिगरेटको आयात, उत्पादन तथा उपभोगमा प्रतिवन्ध लगाउने सम्वन्धी कानून व्यवस्था कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले गत सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र लेखेर कानूनी व्यवस्थाबारे सम्झाएको छ ।
ती सरकारी निकायलाई ध्यानाकर्षण पत्र पठाउँदा केन्द्रले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ को दफा २८को उपदफा ३ उल्लेख गरेको छ । सो उपदफामा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री बितरण,सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन, भने व्यवस्था छ ।
स्वास्थ्यले निर्देशिकामा नै उत्पादन आयात तथा उपभोगलाई प्रतिवन्ध लगाउने सम्वन्धी व्यवस्था भएपनि भन्सारबाट धमाधम यसको आयात हुन थालेपछि पुन कानूनी व्यवस्थाबारे स्मरण गराएको हो । यहाँ उत्पादन गर्न पाइन्न, आयात गर्न पनि पाइन्न, उपभोग र प्रवर्धन गर्न पनि पाइदैन तर आन्तरिक राजश्वको तथ्यांकबाट गतवर्ष मात्रै ३२ अर्व बढीको यस्ता डिभाइसहरु भित्रिएको देखाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
