- Loading...
सिआईबीको मिसन ‘लालि गुराँस’ ले समात्याे मल्लाज दह दम्पती हत्या आराेपी, अाज सार्वजनिक
- पुनहिल डट कम
- १० महिना अघि
- ३०२ पटक पढिएको

जिल्ला प्रहरी कार्यालय पर्वतले जलजला गाउँपालिका २ मल्लाजकाे दहमा भएकाे दम्पती हत्याका आराेपी लाई बिहीबार सार्वजनिक गरेकाे छ ।
प्रहरीले एक महिनाकाे लामाे अनुसन्धान पछि हत्यामा संलग्न अाराेपमा छिमेकी जलजला २ नेपाने मल्लाजका कृष्ण बिक र कुश्मा नगरपालिका वडा न २ खुर्कोट घर भई जलजला गाउँपालिा वडा न २ बौरमा बस्ने दिपक परियारलाई पक्राउ गत मंगलबार पक्राउ गरेकाे थियाे ।
गत चैत १९ गते राति ६९ वर्षिय सूर्यबहादुर जिसी र उहाँको श्रीमती ६७ वर्षिय गमला जिसीकाे घर भित्रै बीभत्स हत्या भएको थियाे ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले परेका अाराेपीलाई अदालत बाट म्याद थपेर थप अनुसन्धान भैरहेकाे बताए । जिल्ला प्रहरी पर्वत, म्याग्दी र केन्द्रीय अनुसन्धान ब्युरो( सिआईबी) को संयुक्त मिसन ‘लालि गुराँस’ ले अनुसन्धान अप्रेसन चलाएको थियो ।
पर्वत प्रहरीले पत्रकार सम्मेलनमा दिएकाे विवरणा यस्ताे छ ः
हत्यामा सग्लन्न विक र दर्जीको चिनजाँन ६ महिना अघि भएको थियो । उनीहरु दुवै जीप चलाउने क्रममा चिनजान भएका साथीहरु हुन् । चैत १८ गते उनीहरु जलजला गाउँपालिकाि वडा न २ बौर बजारमय आइ भेट गरी बेनी बसपार्क पुगी नजिकको पसलबाट रक्सी, चाउचाउ र चटपट किनी बौर बजार हुँदै कालीगण्डकी नदीकाे किनारमा बसी खाएका थिए ।
दिउँसो करिब ४ बजे तिर स्थानीय राममन्दिर हूँदै उनीहरु मृतक सूर्यबहादुर घर्ति र गमला घर्तिको पसल भएको घरमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरुले करिब आधा घण्टा घर्ति दम्पत्तिसंग विभिन्न विषयमा कुरा खुलेको अनुसन्धानबाट खुलेको छ । त्यहाए उनीहरुले मृतकले लगाएको गरगहना तथा घरको अवस्थाको बाहेमा रेकी गरेको देखिन्छ । प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले बताए ।
सोहि दिन उनीहरु बेलुका ५।३० बजेको समयमा चैत १९ गते ओरापी दुवै जनाले कृष्णबहादुर विकको घरमा खाना खाएर हँसिया, माछा मार्ने बल्छी र आफ्ना कपडा समेत लिएर कालीगण्डकी नदी किनारमा गएका थिए । दिन भर नदी किनारमा माछा मार्न बसेका उनीहरुले माछा जालमा नपरेपछि करिब ४ बजे तिर स्थानीय तिल्किनी स्थित बजारबाट रक्सी, चुरोट चाउचाउ किनेर नदी किनारको घुमाउने तालको पुल हुँदै दह तर्फ उकालो चढेका थिए । दह तर्फबाट उकाले लागेका उनीहरु बेलुका ८ बजेसम्म स्थानीय जंगलमा गाँजा, रक्सी र चाउचाउ खाएका थिए ।
याेजना अनुरूप ५.३० बजे लुटपाटको योजना बनाएर मृतकको घर आउँदै गर्दा जंगलमा डढेलाे निभाउन गएका सूर्यबहादुर समेत स्थानीयलाई देखेपछि उनीहरु पुनः जंगलमा नै गएर लुकेर बसेका थिए । राती जंगलकाे डढेलाे नियन्त्रणगरी स्थानीय फर्केपछी राती १० बजे विक वन्धु मृतकको घरमा पुगेकाे प्रहरीले जनाएकाे छ । पसल समेत रहेको घरमा गएर आरोपी कृष्णबहादुर विकले चुरोट किन्ने बहानामा ‘हजुरबुवा म कृष्ण हो,’ मलाई चुरोट दिनुहोस् भन्दै बोलाएका थिए ।
विकसंगै गएका दिपक दर्जीले चुरोट वापतको ७० रुपैंया समेत मृतक जिसीलाई दिएको अनुसन्धानबाट पुष्टि भएको छ । चुरोट दिएपछि मृतक सूर्यबहादुरले बाहिरको बत्ती किन बलेन भनेर टाउको बाहिर निकाल्दा कृष्णबहादुरले आफूसंगै रहेको लाठी टाउकोमा प्रहार गरेका थिए । घर बाहिरकोे बत्तिको ब्लब भने विक र दर्जीले यस अघि नै निकालेका फालेका थिए ।
मृतक सूर्यबहादुरको टाउकोमा प्रहार भएपछि जिसीले हारगुहार गर्गदा घरभित्रबाट श्रीमती गमला बाहिर निस्कन लाग्दा दिपक दर्जीले लात्ताले हानी भित्र लगी काठको लाठीले टाउकोमा हानेपछ ढलेकी वृद्धाकाे हँसियाले घाँटी रेटी हत्या गरेका थिए । सुरूमा श्रीमतीको हत्या पछि फेरी सोहि हतियार टाउँको तथा घाँटीमा प्रहार गरी सूर्यबहादुरको पनी हत्या गरेकाे साविति वयान रहेकाे प्रहरी दावी छ ।
हत्या गरेपछि सुन तथा नगद लुटपाट गरेका उनीहरु घर भन्दा माथिको मोटरबाटो हुँदै भाग्न खोजेका थिए, तर जंगलमा आगो निभाउने मान्छेहरु देखेपछि पुनः मृतको घर हुँदै तल कालीगण्डकी नदी किनाराकाे राम मन्दिर तर्फ झरी पर्वत पट्टीको बाटो प्रयोग गरी मालढुंगा पुगेका थिए ।
मालुढुंगाबाट बस चढेका उनीहरु पोखरा पुगेर लुटपाट भएको सुन र नगद बाँडफाँड गरेका थिए ।
हत्या भएको भोलीपल्ट विहान थाहा पाए पछि प्रहरीको अनुसन्धान टोली त्यस तर्फ गएको थियो । अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकर समेतको प्रयोग गरे पनि हत्यारा भने पत्ता लागेका थिएनन् ।
प्रहरीले १ महिनाको लामो अनुसन्धान पछि आरोपीहरुलाई पक्राउ गरेको छ । आरोपीहरुले लुटपाट भएको सुन पोखरा स्थित कर्णबहादु विकलाई गाल्न दिएका थिए । गालेको सुन भने उनीहरुले बागलुङ बजारमा रहेको पूर्णिमा सुनचाँदी पसलमा परशुराम विकलाई बिक्री गरेका थिए ।
प्रहरीले सुन गाल्ने कर्णबहादुर विक र सुन खरिद गर्ने परशुराम विकलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुले झण्डै आधा तोला मात्र सुन लुटपाट गरी विक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पर्वत प्रहरी प्रमुख खुमलाल भुषालले जानकारी दिएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
