FLASH NEWS
  • Loading...

राहुघाटखोलामा एकसाथ ५ जलविधुत आयोजना अन्तिम चरणमा

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २७३ पटक पढिएको
राहुघाटखोलामा एकसाथ ५ जलविधुत आयोजना अन्तिम चरणमा

म्याग्दीको मध्य भागमा बग्ने राहुघाट खोलामा धमाधम निर्माणाधिन मध्यम स्तरका पाँच वटा जलविधुत आयोजना अन्तिम चरणमा पुगेका छन ।
राहुघाट खोलाको पुछारमा राहुघाट जलविधुत आयोजना (४० मेगावाट), मंगले राहुघाट (३७.५ मेगावाट), माथिल्लो राहुघाट (४८.५ मेगावाट), ठूलोखोला जलविधुत आयोजना (२१.३ मेगावाट) र सवैभन्दा माथी ठूलोखोला माथिल्लो ए जलविधुत (२२.५ मेगावाट) गरी एक सय ६९ मेगावाट क्षमताका आयोजनाहरुले कम्तीमा ५० देखी ८५ प्रतिशतसम्म भौतिक प्रगति गरेको जनाएका छन ।

राहुघाटको सवैभन्दा पुछारमा नेपाल विधुत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविधुत आयोजनाको ८० प्रतिशत भौतिक प्रगति छ । संञ्चालक गणेश केसीका अनुसार कुल ६ किलोमिटर २ सय ७० मिटर लामो सुरुङमध्य अव १ सय २५ मिटर मात्र बाँकी छ । टनेल पुरा भएका प्यााकेजमा कंक्रिट लाईनिङ गर्ने, पेनस्टक राख्ने र पावरहाउसमा टर्वान राख्ने क्षेत्रको काम पनि एकसाथ सुरु भैरहेको, रिभर डाईभर्सन र पावरहाउस भित्रको डिष्टिब्युटर्स पाईंपको हाईड्रोस्टिक प्रेसर टेष्टिङ पुरा भएको र पावरहाउसदेखी सर्साफसम्म टनेलमा पेनस्टक पाईप राख्ने काम पनि सुरु भएको आयोजनाले जनाएको छ ।


अर्धजलाशययुक्त आयोजनाबाट सुख्खा मौषममा ४ करोड ९९ लाख ७८ हजार र वर्खा सिजनमा २४ करोड ५ लाख ९३ हजार युनिट प्रतिघन्टा कन्ट्राक इनर्जी रहेको छ । राहुघाट जलविधुत आयोजनाबाट उत्पादित विधुत आयोजनाको स्वीच आर्डबाट करिव ७ सय मिटर पूर्वमा रहेको दाना–कुस्मा २२० केभिए प्रशारणलाईनमा ‘लुप इन, लुप आउट’ सिस्टममा जोड्ने प्रस्ताव छ ।
‘आयोजनाको भौतिक प्रगति ८० प्रतिशत रहेको छ । पावरहाउसमा टवाईन र जेनेरेटर आईसक्यो, टवाईन घुमाउने पाईपलाईन जडान र परिक्षण भैरहेको छ । स्वीच आर्डको काम सकियो’ रघुगंगा हाईड्रो लिमिटेडका इलेक्ट्रोमेकानिकल प्रमुख संजय पाठकले भने, ‘आयोजनाको कामले राम्रो गति लिईरहेको बेला हामीलाई नदीजन्य पदार्थको समस्या सामना गर्नु परेको छ ।’


भारतिय आयात–निर्यात (एक्जीम) बैंकको सहुलियतपूर्ण ऋण लगानी भएको राहुघाट जलविधुत आयोजनामा ब्याज बाहेक ८ अर्व ६० करोड लागत अनुमान गरिएको छ ।
राहुघाटदेखी माथी तुँदी पावर कम्पनीले दुई वटा आयोजना एक साथ निर्माण गरिरहेको छ । कम्पनीले निर्माण गरिरहेको ३७.५ मेगावाट क्षमताको मंगलेराहुघाट जविआको ८५ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । आयाोजनाले रघुगंगा गापाको ८ को बन्दीमा बाँध निर्माणगरी ५.५ किलोमिटर लामो सुरुङबाट पानी ल्याई चिमखोलाको मलाङमा विधुत गृहमा खसाल्दै छ ।


त्यसैगरी तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको अर्को अपर राहुघाट (४८ मेगावाट) आयोजनाले मंगलेराहुघाटको विधुत गृहबाट निक्लेको पानीमा छेउको चिमखोला समेत मिसाई ५ किमी लामो टनेलबाट पानी ल्याई राहुघाट जलविधुत आयोजनाको बाँधस्थल माथी बुक्लमा विधुत गृह बनाउँदै छ । अपर राहुघाटको पनि ७५ प्रतिशत हाराहारीमा भौतिक प्रगति छ रहेको तुँदी पावर कम्पनीका आवसिय इन्जिनियर प्रकाश तिमिल्सीनाले बताए ।
‘हामी दुई वटा प्रोजेन्क सँगै अगाडी बढाएका छौं । दुवै आयोजना निर्माण टनेल पुरा भै पाईपलाईन राख्ने र कंक्रिटिङको काम गरिरहेका छौं । अव अन्तिम अवस्थामा छौं’ आवसिय इन्जिनियर तिमिल्सिनाले भने, ‘माथिल्लो राहुघाट यही अगष्टसम्म र मंगलेराहुघाट जविआको सन् २०२४ कै डिसेम्बरमा बत्ति वाल्ने लक्ष्य राखेका छौं ।’


त्यसैगरी रघुगंगा गापा, ८ कुईमेमंगलेको सुगरथलामा बाँध बनाई राहुघाट खोलाको मुख्य सहायक ठूलोखोलाको पानी ३.६ किलोमिटर लामो टनेल र १ किलोमिटर पेनस्टक पाईपबाट ल्याई छरीमा पावरहाउस रहने २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविधुत आयोजना निर्माण अन्तिम चरणमा छ । संयुक्त उर्जा प्रालि प्रर्वद्धक रहेको ठूलोखोला जविआको ८५ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ ।
यो आयोजनाबाट उत्पादित विधुत ८.२ किमी तल तुँदीपावर कम्पनीले निर्माण गर्दै गरेको राहुघाट मंगललेको पावरहाउसमा जोडिने भएको छ । ठूलो खोला जविआका प्रोजेक्ट म्यानेजर रविन्द्र हमालका अनुसार आयोजनाको जेठ पहिलो सातासम्म सिभिलतर्फ ९० प्रतिशत, हाईड्रोमेकानिकल तर्फ ६५ प्रतिशत, इलेक्ट्रोमेकानिकल तफए ६० प्रतिशत र ट्रान्समिसन लाईत तर्फ ५० प्रतिशत प्रगती छ ।
‘ठूलोखोला जविआ २१.३ मेवा प्रोजेक्ट अव फिनिसिङ तर्फ उन्मुख छ । आसन्न मनसुनजन्य विपत नआए हामी आगामी कात्तिक भित्र वत्ति बाल्नेगरी काम गरिरहेका छौं’ आयोजनाका प्रोजेक्ट म्यानेजर हमालले भने, ‘हाम्रो उत्पादन राहुघाट मंगलेको पावरहाउसमा लुपआउट/लुपइन विधीबाट कनेन्ट गर्ने हो । राहुघाटमंगले र ठूलोखोलाको पावर भने २२ किलोमिटर तल राहुघाट सवस्टेसन भै केन्द्रीय ग्रीडमा जोडिने छ । यो ट्रान्समिसन लाईन पनि पुरा भैसकेको छ ।’


३ अर्व ५७ करोड लागत अनुमान गरिएको आयोजनाको नेपाल वैंकको नेतृत्वमा वित्तिय श्रोत परिचालन हुने जनाईएको छ ।
ठूलो खोला जलविधुत आयोजना भन्दा माथी राहुघाटको सिरानमा अर्को २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविधुत आयोजना ए निर्माणाधिन छ । रघुगंगा गाउँपालिका, ७ र ८ क्षेत्रमा पर्ने ससलधारामा हेडवक्स र सेतिनीभ्यालीमा पावर हाउस रहने आयोजना पूरै २८ सय मिटर लामो पेनस्टक पाईप मात्र प्रयोग हुने छ ।
ठूलोखोला जविआ ए का प्रोजेक्ट म्यानेजर लोकबहादुर नायकका अनुसार आयोजनाको हेडर्स तर्फ ६० प्रतिशत, हेडवर्स पाईप ९० प्रतिशत, सर्च पाईप लाइन ७५ प्रतिशत, पेनस्टक पाइप ५० प्रतिशत र पावरहाउसको काम ३० प्रतिशत तथा ट्रान्समिसनको काम भने भर्खर सुरु भएको छ ।


‘राहुघाट खोलामा निर्माणाधिन आयोजनाहरु मध्य सवै भन्दामाथी भएकाले हामीले अन्य ४ वटा आयोजनासहितको पहुँचमार्ग छिचोल्दै आउनु पर्छ । तलका कुनै आयोजनाको प्रविधिक कारणले सडक अवरुद्ध हुँदा पनि हामी प्रभावित हुनु पर्ने र भौगोलिक रुपमा पनि हिमालमुनी नै भएकोले मजदुर टिकाउन नसक्दा हाम्रो काम प्रभावित भैरहेको छ’ प्रोजेक्ट म्यानेजर लोकबहादुर नायकले भने, ‘हाम्रो आयोजनाको स्वीकृत हुँदा नै २२० केभिए दाना सव स्टेसनमा पावर जोडने सम्झौता भएकोले हाम्रो ट्रान्समिसन अलि लामो छ । ९२ वटा ट्रान्समिसन टावर बनाउनु पर्नेमा अहिले २८ वटाको वेस राखेका छौं ।’