FLASH NEWS
  • Loading...

तिप्ल्याङमा अवरूद्ध बेनी–जोमसोम सडक यातायात खुल्याे

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १९९ पटक पढिएको
तिप्ल्याङमा अवरूद्ध बेनी–जोमसोम सडक यातायात खुल्याे

मुसलधारे वर्षापछी रघुगंगा गाउँपालिका वडा नं १ तिप्ल्याङमा सडक माथिबाट खसेको पहिरोले पन्छाएसँगै बेनी- जोमसोम सडकमा सवारी आवागमन पुनःसञ्चालन भएको छ । बेनी-जाेमसाेम सडकमा बर्षा पछिकाे खहरे बाढीले दैनिक सास्ती दिन थालेकाे छ ।

शुक्रबार दिउँसो हावाहुरीसँगै मुसलधारे बर्षापछि तिप्ल्याङकाे सिरानमा रघुगंगा र अन्नपूर्ण गापाकाे सीमा क्षेत्रकाे खहरेखाेलामा भेलबाढीले ढुङ्गागेग्रान सहित रूखहरू समेत ल्याएर सडकमा थुप्राे लागेकाेले सडकमा यातायात अवरूद्ध भएकाे र करिव ३ घन्टाकाे प्रयासमा सवारीसाधन सञ्चालन भएको तिप्ल्याङ प्रहरीले जनाएकाे छ। सडकदेखी माथी ग्रामिण सडक खनिएकाेले बाढीले बढी गेग्रान ल्याएकाे हाे ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डमा यो क्षेत्र समेत पहिरोको जोखिममा रहेकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।