FLASH NEWS
  • Loading...

बाढीले निर्माणाधिन जलविधुतको इन्टेकमा क्षति, बेनी–जोमसोम सडक अवरुद्ध

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • ११४७ पटक पढिएको
बाढीले निर्माणाधिन जलविधुतको इन्टेकमा क्षति, बेनी–जोमसोम सडक अवरुद्ध

मंगलवार राती परेको भारी वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा निर्माणाधिन ६ मेगावाट क्षमताको रेलेखोला जलविधुत आयोजनाको बाँधमा क्षति पुर्‍याएको छ ।
आयोजनाका अनुसार वराहशिखर हिमालको पश्चिम पाटोमा पर्ने खयरवराह मुनीको पाखोमा भारी वर्षापछि आयोजनाको बाँध र इन्टेकमा कालोखोलामा आएको गेग्रानसहितको ठूलो बाढी पसेपछि बाँधमा क्षति पुर्‍याएको हो । आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेका अनुसार बाढीले बाँध तथा इन्टेकमा ठूलो गेग्रान थुप्रो लगाएको छ । ९० प्रतिशत भौतिक प्रगती रहेको रेलेखोला जलविधुत आयोजनामा बाढीले क्षति पुर्‍याउँदा असारमा परिक्षण उत्पादन थाल्ने लक्ष्य प्रभावित बनाएको छ ।


त्यसैविच बुधवार दिउँसो परेको मुसलधारे वर्षापछि अन्नपूर्ण गाउँपालिका, ३ दानाको गुईठेभीरमा झरेको पहिरोले बेनी–जोमसोम सडकको अवरुद्ध भएको छ । मंगलवार साँझ देखी अवरुद्ध सडक बुधवार विहान खुलेको थियो । वुधवार दिउँसो ४–५ बजेसम्म परेको मुसलधारे वर्षाले फेरी पहिरो खसेको इलाका प्रहरी कार्यालय दानाका असई यमबहादुर थापाले बताए ।
त्यस्तै अन्नपूर्ण गापा, ६ घारमा परेको मुसलधारे बर्षापछि आएको बाढीले पोखरे–चित्रे सडकको लुलाय, हल्लेखर्क क्षेत्रमा क्षति पुर्‍याउँदा याताायात अवरुद्ध भएको छ ।