FLASH NEWS
  • Loading...

ज्यामरुककोटका ‘आमा समूहसँग उपमेयर’

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • ७२ पटक पढिएको
ज्यामरुककोटका ‘आमा समूहसँग उपमेयर’

बेनी नगरपालिका–२ ज्यामरुककोटमा आमा समूहसँग उपमेयर जाेडिएकी छिन ।

‘आमा समूहसँग उपमेयर’ कार्यक्रम मार्फत  बेनी नपा, २ मा रहेका १४ वटा आमा समूहका प्रतिनिधीहरुलाई साबुन बनाउने र केराको थामबाट धागो बनाउने तालिम सुरू गरिएकाे छ ।
१ हप्ते तालिममा ५० महिला सहभागिता रहने छन । महिलालाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, स्वाभलम्बि र सामाजिक रुपमा शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको उपप्रमुख लामिछानेले बताइन । चालु आर्थिक वर्षमा आमा समूहसँग उपमेयर’ कार्यक्रम संञ्चालन गर्न विनियाेजित २० लाखबाट कार्यक्रमका लागि २ र १० वडा छनौट भएका हुन ।

गत अावमा बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले स्थानीय जातका कुखुरापालन गरेका थिए । वडा नम्बर ९ को गलेश्वर आमा समूहमा आवद्ध २० जना महिलाहरुले चप्पल बनाउने सिप सिकेका थिए । नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सञ्चालन भएको थियो ।