FLASH NEWS
  • Loading...

घारमा एक घर भत्कदा वालक घाइते

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २६२ पटक पढिएको
घारमा एक घर भत्कदा वालक घाइते

अन्नपूर्ण गाउँपालिका, ६ घारमा बुधवार दिउँसाे हावाहुरीसहित परेकाे मुसलधारे बर्षाकाे कारण घरकाे एकापट्टीकाे पर्खाल भत्कदा एक बालक घाइते भएका छन । घाइतेकाे पाेखरा उपचार भैरहेकाे छ ।

वडाध्यक्ष रामबहादुर खड्काका अनुसार हावाहुरी सहितकाे मुसलधारे बर्षाले अन्नपूर्ण गाउँपालिका, ६ घारका टोलबहादुर बरुवालको घर को एकपट्टिको गाह्रो भत्किएपछि जाेडिएकाे पिंढीकाे भान्सा काेठामा रहेका उनका नातिलाई चोट लागेको हाे । घाइते खतरा मुक्त रहेकाे पनि वडाध्यक्ष खड्काले बताए ।