FLASH NEWS
  • Loading...

गुइठेभिरकाे पहिराेमा मनसुन अघि नै ‘सास्ती’ सुरु, ज्यान जोगाएर फर्कियो भारतीय परिवार

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • ६०३ पटक पढिएको
गुइठेभिरकाे पहिराेमा मनसुन अघि नै ‘सास्ती’ सुरु, ज्यान जोगाएर फर्कियो भारतीय परिवार

मनसुन सुरु नहुँदै बेनी–जोमसोम सडकमा पहिरोबाट यात्रुले सास्ती पाउन थालेका छन । अन्नपूर्ण गाउँपालिका, ३ दानाको गुईठेभीरमा माथीबाट झरेको पहिरोमा एक भारतिय परिवास सवार जीप परेकाे छ । पहिराेले जीप क्षतिग्रस्त भएपनि सवार सवै चार जना यात्रु सकुसल छन ।
जोमसोमबाट फर्कदै गरेको रातो जीप मंगलवार साँझ गुईठे भीरको पहिरोमा फसेपछि सवार चालक भारत तामिलनाडुका बाल सुब्रमनियम, उनकी पत्नी र दुई छोराछोरी निक्लेर सुरक्षित स्थानमा गएका थिए । राती थप पहिरो खसेपछि गाडीमा बढी क्षति भएको हो ।
‘मंगलवार साँझ भारत तामिलनाडुको एकै परिवारका सदस्य सवार भारतीय रातो जीप पहिरोमा फसेको फसेको थियो । आज विहान स्काभेटरको सहयोगमा झिकेर टेलरमा राखी पोखरा पठाएका छौं’ इलाका प्रहरी चौकी दानाका असई यमबहादुर थापाले भने, ‘बेनी–जोमसोम सडकको सवैभन्दाबढी जोखिमयुक्त खण्ड हो, गुईठे पहिरो । अलिअलि पानी परेपनि पहिरो खस्छ, चरक्क घाम चर्केपनि पहिरो खस्छ । अतिजोमिमपूर्ण छ ।’
बेनी–जोमसोम सडकको पोखरेबगरदेखी घाँसासम्मको करिव १० किलोमिटर सडक खण्ड पहिरोग्रस्त छ । तल कालीगण्डकी र माथी पहिरोग्रस्त यो खण्ड संसारको सर्वाधिक गहिरो खोंचमा पर्ने हुँदा सडक साँघुरो छ । यस खण्डमा तातोपानीको पहिरो, गुईठेभीर पहिरो, दानाको खामभित्ता, रुप्सेझरना र काप्रेभीर अति पहिरोग्रस्त र जोखिमपूर्ण क्षत्र हुन । यी क्षेत्रमा सवारी साधनमा मात्र होईन पैदल यात्रा पनि जोखिमपूर्ण छ ।
संसारको सर्वाधिक गहिरो गल्छीबाट बग्ने कालीगण्की नदीको किनारै किनार निर्मित बेनी–जोमसोम–कोरला सडकको बेनी–घाँसा ३८ किलोमिटर खण्ड पहिरोले छिलोछिलो परेको छ । गण्डकी प्रदेशको लाईफलाईन मानिएको बेनी–जोमसोम–कोरोला अर्न्तदेशिय सडकको बेनी–लेते खण्डमा वर्षेनी मनसुनी बाढीपहिरोले दैनिक यातायात अवरुद्ध हुने र यात्रुले सास्ती पाउने गरेका छन ।