FLASH NEWS
  • Loading...

गलेश्वरका जेष्ठ नागरिकलाई गणतन्त्रको भोजन

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १४५ पटक पढिएको
गलेश्वरका जेष्ठ नागरिकलाई गणतन्त्रको भोजन

गणतन्त्र दिवसको अवसरमा बेनी नगरपालिका–९,गलेश्वर स्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिक, संस्कृत विद्यालयका विद्यार्थीलाई भोजन गराइएको छ ।
जेष्ठ नागरिकलाई गणतन्त्रको भोजन खुवाउने प्रवन्ध भने गणतन्त्र दिवस मुल समारोह समितिको तर्फबाट म्याग्दी उद्योग बाणिज्य संघ मिलाएको हो ।
भोजन खुवाउन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री, एमाले अध्यक्ष वालकृष्ण सुवेदी, माओवादी केन्द्रका शेरबहादुर केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसमेत पुगेका थिए ।