- Loading...
कागवेनीमा बस दुर्घटना हुँदा २१ विद्यार्थी घाईते
- पुनहिल डट कम
- ९ महिना अघि
- २५८८ पटक पढिएको

काठमाण्डौबाट शैक्षिक भ्रमणकालागी मुक्तिनाथ भ्रमणमा आएको विद्यार्थी सवार बस मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिका, ४ कागवेनीमा पर्ने मुक्तिनाथ सडक खण्डको सेल्फिडाँडामुनी घुम्तीमा बस सडकमा पल्टदा हुँदा सवार २१ जना घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालय जोमसोम मुस्ताङका अनुसार काठमाण्डौको अनामनगर स्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएको विद्यार्थी सवार प्रदेश नं ३ ०१००६ ख ६२२ नम्बरको बस मंगलवार विहान ९ बजे दुर्घटनामा परेको थियो ।
मुक्तिनाथ दर्शनगरी फर्कदै गरेको ३३ जना विधार्थी सवार बस ब्रेक फेल भै सडकमा फल्टेको थियो । दुर्घटनामा घाईते भएका २१ विद्यार्थीको उद्धारगरी जोमसोम अस्पतालमा ल्याई उपचार भैरहेको छ । दुर्घटनामा परी लाहान सिराहका आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमीका अनुज न्यौपाने, सिराह गोलवजारकी ज्योति साह, गल्मी रुरुकी समिक्षा ज्ञवाली, काठमाण्डौ किर्तिपुरकी प्रतिक्षा खड्का, भक्तपुर चाँगुनारायणकी विन्दा दाहल, काठमाण्डौ एयरपोर्टकी अनामिका थापा, कैलाली गदावरीका धुर्वराज जोशी, भोजपुर भोजपरन नपाका पेसल बस्नेत, महोत्तरी जलेश्वरकी रम्मा कुमारी, पाँचथर कुम्भायोग गापाका आदेश लावती घाईते भएका छन ।
त्यसैगरी सुनसरी हरहरी नपाका निशान रसाईली, धनुष जनकपुर धनगढी नपाका सुरजकुमार परियार, बर्दिया मधुवनका सुवास नेपाल, काभ्रे तेमाल गापाका सौगात त्रिपाठी, सर्लाही कौदेना गापाका साहुल साह, काठमाण्डौ, ३५ का साइरस तामाङ, भक्तपुर सुर्यविनायकका अनामिका सुवार, धनुषा जनकपुरका दिपक कुमार निधी, सर्लाही हरिवनका निरञ्जन साह र डोटी शिखर नपाका रोहित बलायर पनि घाईते भएका छन । घाईते प्रायः सवैको हातखुट्टा र ढाडमा चोट लागेको छ ।
‘कागवेनीको सेल्फिडाँडामुनी घुम्तीमा शैक्षिक भ्रमणमा आएको विद्यार्थीं सवार बस दुर्घटनामा घाईतेहरुको उद्धारगरी जोमसोम स्थित जिल्ला अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा परेको बसले कागवेनी–मुक्तिनाथ सडक अवरुद्ध भएकोले खुलाउने प्रयासमा छौं’ जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
