- Loading...
बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत
- पुनहिल डट कम
- ९ महिना अघि
- १७७ पटक पढिएको

बझाङको प्रदेश सभा-१ निर्वाचनमा एकीकृत समाजवादीका दिलबहादुर सिंह समेत ८ दलले जमानत जोगाउन सकेनन।
कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ। यस क्षेत्रमा उपनिर्वाचनमा ११ उम्मेदवार रेहकोमा शिर्ष तीन उम्मेदवार बाहेक अन्य सबैको जमानत जफत भएको छ। बझाङको यस उपनिर्वाचनमा शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको थियो, जसमा २९ हजार ७०५ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ।
त्यस्तै, उपनिर्वाचनमा जसपाका राम बहादुर जाग्रीले ४४ मत, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापाले ३५ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका दिपक बहादुर खड्काले २८ मत, जनमत पार्टीकी शुशिला देवी विष्टले २६, नेमकिपाका खगेन्द्र बहादुर शाहीले २४ र नेशनल रिपब्लिक नेपालका कमल घर्तिमगरले २ मत पाएका छन्।
उपनिर्वाचनमा एमालेका दमन बहादुर भण्डारी ११ हजार ६१३ मत प्राप्त गरेर विजयी भए । उनका निकटम प्रतिद्वन्दी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे। माओवादी केन्द्रका जनक बहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गर्दै आफ्नो जमानत जोगाए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
