FLASH NEWS
  • Loading...

जलजलाका जनप्रतिनिधी र कर्मचारीलाई क्षमता अभिवृद्धी तालिम

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • १२२ पटक पढिएको
जलजलाका जनप्रतिनिधी र कर्मचारीलाई क्षमता अभिवृद्धी तालिम

म्याग्दी सीमावर्ती जलजला गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी र टोल विसका संस्थाका प्रतिनिधीहरुको क्षमता अभिवृद्धी गर्न दुई दिने तालिम दिन थालिएको छ ।
तालिममा गाउँपालिका अध्यक्ष राजु आचार्य, उपाध्यक्ष, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास शाखाका कर्मचारी, वडा सचिवहरु तथा पालिका भित्रका ९ वटा टोल विकास संस्थाका संयोजक र सहसंयोजक तथा सामाजिक परिचालकहरु समेत ५२ जना सहभागी छन ।
वस्ती तहमा सामाजिक काम गर्ने साझा संस्थाको रुपमा स्थापित टोल विकास संस्थाहरु मार्फत गाउँपालिकाले संञ्चालन गरेका सामाजिक विकासका कार्यक्रमहरु प्रभावकारी कार्यान्ययन गराउने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए ।
बुधवारदेखी सुरु भएको तालिममा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा टोल विकास संस्था हेर्ने फोकल पर्सन रविन्द्र अधिकारी र सोही कार्यालयकी सामाजिक परिचालन फोकल पर्सन इन्दीरा न्यौपानेले सहहजीकरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताए ।