- Loading...
चिमखाेलामा ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
- पुनहिल डट कम
- ११ महिना अघि
- १५९ पटक पढिएको

रघुगंगा गाउँपालिका, ७ चिमखोला स्थित घैरावारीमा निर्माणाधिन ३७।५ मेगावाट क्षमताको राहुघाट मंगले जलविधुत आयोजनाको ट्रिपर दुर्घटनाहुँदा सवार एक जना मजदुरको मृत्यु भएको छ ।
रघुगंगा गापा, ८ घ् याँसीखर्क स्थित आयोजना निर्माणस्थलमा सिमेन्ट पुर्याएर फर्कदै गरेको लु २ ख ६११२ नम्बरको मालबाहक ट्रिपर सडकदेखी तल खस्दा सवार दाङ जिल्लाको वरैयाका ४० बर्षिय बीरबहादुर चौधरीको घट्नास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । तुँदीपावर कम्पनी प्रर्वद्धक रहेको राहुघाट मंगले जलविधुत आयोजनाको ठेकदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनको ट्रिपर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी ट्रिपर चालक रुपन्देही जिल्ला देविनगरका कमल श्रेष्ठ, सहचालक नवलपरारी जिल्लाको त्रिवेणी गापा, ६ का राहुलसिंह ठकुरी र आयोजनाका सव इन्जिनियर रामेछापका भुवन कार्की रहेका छन । घाईतेहरुलाई हेलिकोप्टरबाट पोखरा स्थित मणीपाल शिक्षण अस्पताल पुर्याईएको छ ।
मृतकको शव पोष्टमार्टमकालागी सरदमुकाम बेनी ल्याईएको छ । मृतक चौधरी आयोजनाको हेडसाईटमा विग्रेका उपकरण मर्मतगरी पावरहाउस क्षेत्रमा फर्कदै थिए । दुर्घटनाको कारण नखेलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
