- Loading...
दातृसंस्थाकाे सहयाेगमा म्याग्दीका तीन विद्यालयमा कम्प्युटर ल्याव
- पुनहिल डट कम
- १० महिना अघि
- ५६५ पटक पढिएको

जिल्लाका तीन वटा सामुदायीक माध्यामिक तहका विद्यालयमा कम्प्युटर ल्याव स्थापना गरिएको छ ।
क्वालिटी एजुकेशन नेपाल, अष्ट्रेलिया र एजुटेक नेपाल, न्यूजिल्याण्डको आर्थिक सहयोगमा विद्यार्थीको पठनपाठनमा आवश्यक शैक्षिक सामाग्री (इलाईव्रेरी सहित)को ८ घन्टा पावर ब्याकअपसहित २०–२० वटा कम्प्युटर रहेको सर्वर सिस्टमको सामुदायीक कम्प्युटर ल्याव स्थापना गरिएको हो । ल्याव स्थापना गर्न फर्निचर, विद्युत समेतका सामाग्री स्थानीय विद्यालयले खर्च गरेको छ ।
‘अहिलेसम्म विद्यालयले कक्षा ६ देखी १० सम्म कम्प्युटर विना नै कम्प्युटर विषय अध्यापन गराईरहेको थियो । प्राक्टीकल गर्ने कम्प्युटर नभएकोले थौरीटिकल मात्र पढाई हुन्थ्यो, अव कक्षाका सवै विद्यार्थीलाई एक साथ कम्प्युटरमा राखेर प्राक्टीकल सहित अध्यापन गर्न पाउने भयौं’ कम्प्युटर ल्यावको चावी बुझ्दै ज्ञानोदय माविका ब्यवस्थापन समिति अध्यक्ष हरी सुवेदीले भने, ‘डिजिटल साक्षरता अभियानमा समुदायका युवा/युवतीलाई पनि समेट्ने सर्त रहेकोले फुर्सदको समयमा अन्यले पनि कम्प्युटर पढ्न र सिक्न पाउने छन ।’
ल्यावको बुधवार क्वालिटी एजुकेसन नेपाल, अष्ट्रेलियका अध्यक्ष ८६ बर्षिय पिटर जेटी हलले विद्यालयलाई हस्तान्त्रण गरे । ल्याव संञ्चालन गर्न मध्यस्तकर्ता संस्था लर्न नेपालले विद्यालयका २–२ जना शिक्षकलाई कम्प्युटर तालिम प्रदान गर्ने भएको छ ।
विद्यालय र दाताविचको मध्यस्थकर्ता रहेको लर्न नेपालका निर्देशक कृष्ण तिलिजाका अनुसार अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ स्थित प्रभा माध्यामिक विद्यालय, रघुगंगा गापा, ३ मौवाफाँट स्थित ज्ञानोदय मावि र धवलागिरी गापा, ४ मुदी स्थित बुद्धिविकास माविमा १५–१५ लाख लागतमा कम्प्युटर ल्याव स्थापना गरिएको हो ।
‘सर्वर सिस्टमको कम्प्युटर ल्याव भएकोले एक जना कम्प्युटर शिक्षकले कुन कम्प्युटरमा के के कार्यक्रम वा विषय खोजी भैरहेको छ वा काम भैरहेको छ, मनिटरिङ गर्न पाउने भएकोले विद्यार्थीले गलत पहुँचबाट रोक्न सकिन्छ’ लर्न नेपालका निर्देशक कृष्ण तिलिजा मगरले भने, ‘देशभर ८ सय यस्ता कम्प्युटर ल्याव बनाउने लक्ष्य छ, अहिलेसम्म २ सय ५० वटा सामुदायीक विद्यालयमा कम्प्युटर ल्याव स्थापना भैसकेका छन ’ तिलिजाले थपे, ‘पाईलट प्रोजेक्ट हो, राम्रो भयो भने अन्य विद्यालयमा पनि क्रमशः इलाईव्रेरीसहितको कम्प्युटर ल्याव स्थापना गर्छौ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
