- Loading...
माउण्ट एभरेष्टले शैक्षिक परिणाममा पुरानो विरासत फर्काउने वाचा
- पुनहिल डट कम
- १० महिना अघि
- २८४ पटक पढिएको

बेनीमा निजी क्षेत्रबाट संञ्चालित बोर्डिङ स्कुल मध्यको जेठो माउण्ट एभरेष्ट आवसिय माध्यामिक विद्यालयले शैक्षिक उन्नयनमा विस ०५५–०६२ सालताकाको विरासत फर्काउन प्रतिवद्धता जनाएको छ ।
शैक्षिक सत्र ०८१ को भर्ना अभियान र शैक्षिक क्यालेण्डर सम्बन्धी ब्यवसायीक विवरण सार्वजनिक गर्ने उद्देश्यले बुधवार पत्रकार भेटभाटगरी जिल्लाको उत्कृष्ट विद्यालयको पुरानो विरासत फर्काउने प्रतिवद्धता गर्दै नयाँ प्रिन्सिपलको रुपमा मनोहर गोर्खालीलाई अर्थपूर्ण सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा विद्यालयका एकाडेमिक डाईरेक्टर राजु केसीले ३४ बर्ष अघि निजी क्षेत्रबाट स्थापना भएको माउण्ट एभरेष्ट माविले ०५५ सालमा पहिलो ब्याज एसएलसी दिन थालेसँगै ८ बर्षसम्म रिजल्टमा जिल्ला प्रथम भएको गौरवपूर्ण विरास भएको स्मरण गर्दै ‘अव १० भाई’ जोडिएपछि त्यो विरासत फकाउनै पर्ने बाध्यता आईपुगेको छ ।
‘पारिवारिक लगानीबाट विद्यालय सामुहिक लगानीमा संञ्चालन सुरु गरे लगत्तै कोरोना कहर सुरु भयो, तङ्ग्रीन नपाउँदै आर्थिक मन्दीको प्रभाव निजी विद्यालयहरुमा पनि परेको छ । तर अभिभावकलाई अझै पनि गुणस्तरीय शिक्षाकालागी बोर्डिङ स्कुलको विकल्प तयार छैनन’ विद्यालयका एकाडेमिक डाईरेक्टर केसीले भने, ‘पुराना माध्यता र विश्वास भन्दा एक कदम अघि भर्ना अभियान र अभिभावक भेटघाटमा आईटीलाई उपयोग गरिरहेका छौं । र अव कोरोना कहरले बालबालिकामा परेको मोवाईल/इन्टरनेट लत छुटाउनेगरी अव अभिभावकको घर भित्रको शैक्षिक वातावरणमा सुधार ल्याउने योजनासहित लागेका छौं ।’
त्यस्तै, विद्यालयका नयाँ प्रिन्सीपल मनोहर गोर्खालीले ‘माउण्ट एभरेष्ट आवसिय माविले प्लान, प्रोजेक्ट, भिजन र इकोनोमिक सपार्ट मार्फत ‘शिक्षामा क्रान्ती’ गर्ने दावी गरे । गोर्खालीले अव माउण्टमा दैनिक होमवर्क वेस नभै साप्ताहिक प्रोजेक्ट वर्क, मासिक परिक्षा प्रणाली, कितावलाई भन्दा ब्यवहारिक शिक्षा मार्फत काउन्सेलिङ विधीबाट अध्यापन गर्ने योजना सुनाए । नयाँ प्रिन्सीपलले भने, ‘अव हामी कम्तीमा ५ कक्षा मुनी होमटिउसन पढ्ने अवस्थालाई अन्त्य गर्छौ, स्कुलमा पाठ्यपुस्तक हैन, पाठ्यक्रम पढाउछौं ।’
विद्यालयका फाईनान्स डाईरेक्टर रमेश गिरीले अभिभावकको छनौटमा माउण्ट एभरेष्ट आमावि भर्ना गर्नु भर्ने आधार भन्दै भने, ‘समाजले पत्याएका १० जना फाउण्डरको समुह संलग्न, दलित, जनजाति, अपाङ्ग क्षेत्रका १८ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिन्छौं । कक्षा पहिलोलाई सतप्रतिशत, दोस्रोलाई ५० र तेस्रो हुने विद्यार्थीलाई २५ प्रतिशत शुल्क छुट, कर्मचारीका एक जना सन्तानलाई शुल्क छुट, खेलकुदमा उत्कृष्टलाई शुल्कमा छुट र गाउँपालिकाले गरिव भनी शिफारिस गरेका एक जनालई सम्पूर्ण शुल्क छुटको ब्यवस्था गरेका छौं’ निर्देशक गिरीले थपे, ‘छुट्टै विद्यार्थी भर्ना स्कीम रहेको, सेवा क्षेत्रका पर्वतको लस्तीदेखी तातोपानी, तोरीपानी, गलेश्वर क्षोत्रसम्म बस सेवा दिईरहेका छौं । एकान्त र मनोरम वातावरणमा पढाई हुन्छ ।’
विद्यालयका निर्देशक तथा निमित्त अध्यक्ष सुविन श्रेष्ठले माउण्टको गौरवपूर्ण शैक्षिक इतिहाँस रहेको स्मरण गर्दै विद्यालय विस्तारै लयमा फर्कन लागेको उल्लेख गरे । उमेर अनुसार बालबालिकालाई हुलाकचोकमा मन्टेश्वरी, शिक्षा मार्गमा आधारभुत तह र माथिल्लो उमेरका बालबालिकालाई कुरिलाखर्कमा पढाई भैरहेको उल्लेख गर्दै निर्देशक श्रेष्ठले विद्यालयमा १० जना लगानी कर्ताको २५ करोडबढी लगानी भएको र अझै केही बर्ष मुनाफाको आसा नराखी जिल्लाको शैक्षिक उन्नयनमा ध्यान दिने बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
