- Loading...
लेक लागेर मुस्ताङमा ११ जनाको ज्यान गयाे
- पुनहिल डट कम
- १० महिना अघि
- २४२ पटक पढिएको

चालु वर्षको पछिल्लो ९ महिनामा हिमालपारीको जिल्ला मुस्ताङ घुम्न/तीर्थाटन गर्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन ।
मृत्यु हुनेमा अधिकांशले २५ सय मिटर माथीको भुगोलमा भ्रमण गर्दा कम्तीमा एक रात वातानुकुलित हुनु पर्ने समेतका आधारभुत सावधानीमा नअपनाउँदा लेक लागेको थियो । मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको संख्या बढेसँगै लेक लागेर ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु वर्षको पछिल्लो चैत मसान्तसम्ममा मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएकाे छ। चैत महिनामा मात्र ६ जना तीर्थयात्रु/पर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको हाे । अभिलेख अनुसार गर्त वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो ।
त्यसैगरी प्रहरी अभिलेख अनुसार गत वर्ष आव ०७९/८० मा मुस्ताङ घुम्न आएका विभिन्न देशकागरी १२ जना तीर्थयात्रु/पर्यटकको लेक लागेर मुत्यु भएको थियो । आव ०७८/०७९ मा लेक लागेर ज्यान नुमाउनेको संख्या ६ जना थिए । पछिल्लो तीन वर्षमा मुस्ताङ आएका २० जना भारतिय, ७ जना नेफाली, एक थाईल्याण्ड र एक युक्रेनीगरी २९ जनाले लेक लागेर ज्यान गुमाएका छन । मृत्यु हुनेमा अधिकांश ६० बर्ष माथीका छन ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरिक्षक भाेजराज पाण्डेका अनुसार तल्लो क्षेत्रबाट गाडीमा एक्कासी ३ हजारबढी उचाईमा पुग्दा स्वासप्रश्वास र श्वास्थयमा समस्या हुने र मृत्यु हुने गरेको छ । चालु वर्षको पछिल्लो ९ महिनासहित दुई वर्षमा लेक लागेर मृत्यु हुने मध्य ११ जनालाई रानीपौवादेखी मुक्तिनाथ मन्दीरमा पुग्दासम्म लाग्ने गरेको छ ।
रानीपौवा मुक्तिनाथमुनी रहेको वसपार्क क्षेत्र हो । रानीपौवामा गाडीवाट ओर्लेर पैदल मुक्तिनाथ मन्दीर चढ्नु पर्ने भएकोले सोही समयमा तीर्थीयात्रुलाई लेक लाग्ने गर्छ । मुस्ताङ घुम्न वा तीर्थाटनमा आएका पर्यटकहरुले जोमसोम वा कागवेनीमा एक रात बसेर मौषमसँग घुलमिल भै अर्को दिन माक्र मुत्तिनाथ उक्लनु पर्नेमा ट्राभल कम्पनी/गाडीवालाहरुले यात्रुलाई पोखरा वा सो भन्दा तलको हावापानीबाट सोझै मुक्तिनाथ गाडीमा पुर्याएर ओराल्ने गरेकोले लेक लाग्ने समस्या आउने गरेको डिएसपी पाण्डेले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
