- Loading...
हेम्जा बस दुर्घटनामा घाइते म्याग्दी दरवाङका पुनको उपचारक्रममा मृत्यु
- पुनहिल डट कम
- १२ महिना अघि
- ३९२ पटक पढिएको

गत चैत २९ गते बुधबार काठमाण्डौदेखि म्याग्दीको दरबाङ आउँदै गरेको ग २ ख १६३० नम्बरको बस कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जाको सुइखेतमा दुर्घटनाग्रस्त हुँदा घाइते मालिका गाउँपालिका–१ घर भै दरवाङ् बस्ने ७२ वर्षिय नर बहादुर पुनको उपचारकै क्रममा शनिवार राती मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार म्याग्दीको स्वीखेत वस दुर्घटनाका घाइते पुनको पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
उक्त बस सोही बसका सह–चालक म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी बस्ने २५ वर्षीय विनोद दर्जीले चलाउँदा दुर्घटना भएको खुलेको छ । गत बुधवार राति करिब तीन बजेको समयमा काठमाडौंबाट बेनीका लागि छुटेको ग २ ख १६३० नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकको बायाँ साइडमा पल्टिएको थियो । बसमा सवार आठ जना घाइतेमध्ये सात जना सोही दिन सामान्य उपचार पश्चात् डिस्चार्ज भएका थिए ।
बसका चालक म्याग्दीको बेनी नगरपालिका–६ का ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
