- Loading...
तीन वर्षदेखी अलपत्र परेकाे पर्यटन सूचना केन्द्र फेरी संञ्चालन
- पुनहिल डट कम
- १२ महिना अघि
- १७३ पटक पढिएको

सदरमुकाम बेनीको कालीपुल बसपार्क छेवैमा तीन वर्षदेखी अलपत्र परेकाे पर्यटन सूचना केन्द्र नयाँ वर्षसंगै संञ्चालनमा आएको छ । केन्दकाे शनिवार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले एक समाराेह विच शुभारम्भ गराए ।
जिल्लामा भित्रने र बाहिरिने पर्यटकलाई प्रमुख पर्यटकीय गन्तब्यहरु, त्यहाँ पुग्ने सडक/पैदलमार्ग, पाईने होटलवास समेतका सुविधाहरुको बारेमा जानकारी गराउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा बेनी नगरपालिका, पर्यटन वोर्डले म्याग्द पर्यटन सूचना केन्द्र संञ्चालनमा ल्याएका हुन ।
पर्यटन सुचना केन्द्रमा जिल्लाका पर्यटकीय क्षेत्रको फ्रेमसहितका फोटाहरु, प्रमुख गन्तब्यका फेल्क्स प्रिन्ट, भिडियो डिस्प्ले, ब्रोसरहरु, म्याप तथा गाईड वुकहरु राखिएको छ । पर्यटन सुचना केन्द्रसँगै जोडेर जिल्लामा उत्पादन हुने स्थानीय अर्गानिक कृषीजन्य उत्पादनहरु, हाते काजग, अल्लो कपडा समेतका सामाग्री विक्रि गर्ने कोसेली घर पनि संञ्चालन गरिएको छ ।
‘पर्यटन सुचना केन्द्रमा आएका पर्यटक विच जिल्लाका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्ने तथा स्थानीय कृषकले उत्पादन गरेका कृषी उपज, हस्तकलाका सामाग्री र अचारसहितका सामाग्रीको विक्रिस्थल समेत हुनेगरी सुचना केन्द्र संञ्चालन गरेका हौं’ म्याग्दी उद्योग वाणिज्य संघका पर्यटन संयोजक राजेश शाक्यले भने, ‘सूचना केन्द्रले पर्यटकीय गन्तब्यको प्रर्वद्धन र पर्यटकहरुकालागी सही सूचना पाउन सहयोग पुर्याउने छ ।’
०७५ सालमा तत्कालिन पर्यटन मन्त्री स्व.रविन्द्र अधिकारीले उद्घाटन गरेकाे सूचना केन्द्र काेराेना कहरसँगै वन्द थियाे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
