- Loading...
भलिबलमा गण्डकी प्रदेशको महिला र पुरुष दुवै टोली फाइनलमा प्रवेश, दोहोरो उपाधिनजिक
- पुनहिल डट कम
- १० महिना अघि
- ३२९ पटक पढिएको

चितवनमा जारी अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलमा गण्डकी प्रदेशको महिला र पुरुष दुवै टोली फाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको महिलातर्फको सेमिफाइनल खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–१ सेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।
गण्डकी प्रदेश महिला भलिवल टिममा म्याग्दीकी अरुणा शाहीको नेतृत्वमा रिकजना माझी, मनिषा तिलिजा, काजल छन्त्याल, रेविना घर्ती, शलिना वुढाथोकी र शोभा पाईजा सहभागी छन ।
त्यस्तै, पुरुषको पहिलो सेमिफाइनलमा कोशीले कर्णाली प्रदेशलाई ३–१ सेटमा हराउँदै फाइनलमा स्थान बनायो।
महिलाको पहिलो सेमिफाइनलमा गण्डकीले २६–२४, २५–२०, ११–२५ र २५–१४ को जित निकाल्यो। दोस्रो सेमिफाइनलमा बागमतीले कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो। बागमतीले २५–१०, २५–९ र २५–१७ को जित निकाल्यो।
पुरूष तर्फ कोशीले २१–२५, २५–१९, २५–१६ र २५–२० को जित निकाल्यो। दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशले सुदूरपश्चिमलाई ३–१ सेटले हराउँदै फाइनलमा स्थान बनायो। गण्डकीले २२–२५, २५–१७, २५–१९ र २५–२० को जित निकाल्यो।
प्रतियोगिताअन्तर्गत महिला र पुरुषतर्फको दुवै फाइनल खेल शुक्रबार हुनेछ। त्यसै दिन तेस्रो स्थानका लागि पनि खेल हुनेछ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
