- Loading...
म्याग्दीकाली संचार सहकारी संस्थाको अध्यक्षमा पुनः बिजय श्रेष्ठ चयन
- पुनहिल डट कम
- १० महिना अघि
- ४०७ पटक पढिएको

म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को अध्यक्षमा पुन बिजय कुमार श्रेष्ठ चयन भएका छन ।
शनिवार बेनी स्थित म्याग्दी उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न संस्थाको छैठौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत दोहोरिएका हुन ।
अधिवेशनबाट कार्यसमिति उपाध्यक्षमा रामजी सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा ध्रुवराज सुवेदी, सह सचिवमा दुर्गाराम सुवेदी, सह–कोषाध्यक्षमा राजु बानियाा चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा माधवप्रसाद रेग्मी, लिलाराम गौतम, बालबहादुर महत, महेन्द्र खत्री, लोकराज सुवेदी, रामप्रसाद सुबेदी, शिव भट्टचन, शैलेष श्रेष्ठ र बमबहादुर बरुवाल चयन भएका छन । लेखा समितिको संयोजकमा शिव प्रसाद केसी र सदस्यमा बिष्णु प्रसाद गौतम चयन भएका छन ।
अधिवेशनको बेनी नगरपालिका प्रमुख सुरत केसीले उदघाटन गर्दै म्याग्दीकाली संचार सहकारी संस्थाद्धारा संञ्चालित म्याग्दीकाली एफ.एममा समचार प्रमुखको रुपमा कार्यरतरहादा भोगेका कठिनाइ, पत्रधम्कीकाे स्मरण गर्दै बदलिदो परिस्थिती र राजनैतिक हस्तक्षेपले संस्था दिनप्रतिदिन कमजोर बनेको उल्लेख गरे । ‘सहकारी संस्थाद्धारा संञ्चालित केवुल टिभी र इन्टरनेट सेवा प्रदायक (आइएसपी) सेवा बन्द भैसकेको र चलेको एफएम पनि बन्द हुने अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण रहेको छ’ मेयर केसीले भने, ‘संस्था र एफएमलाई सवैको साझा संञ्चारगृहको रुपमा विकसित गर्न सके अझै एफएमलाई जिवित राख्न सकिन्छ ।’
५३४ जना शेयर सदस्य रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को ३ करोड ४ लाख ९९ हजार ५ सय रुपैयाा चुक्ता पुाजी रहेको छ । संस्थाले आव ०७९/८० मा केवल टिभी र इन्टरनेट प्रदायक विक्रिगरी १८ लाख १८ लाख ६५ हजार ९६५ आम्दानी गरेको छ ।
२०६४ सालमा स्थापना भएको संस्थाले हाल बेनी नगरपालिका ७ मंगलाघाटमा अवस्थित आˆनै भवनबाट कार्यालय संचालन गरिरेहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
