- Loading...
म्याग्दीमा नयाँ भर्नासँगै विद्यार्थीको हातमा नयाँ किताव
- पुनहिल डट कम
- ११ महिना अघि
- ३१९ पटक पढिएको

जिल्लाका सामुदायीक विद्यालयमा बार्षिक परिक्षा चलिरहँदा आगामी शैक्षिक सत्रकालागी आवश्यक सवै पाठ्यपुस्तक जिल्लामा आई सकेको म्याग्दी पुस्तक तथा स्टेसनरी ब्यवसायी संघले जनाएको छ ।
संघले साझा डिपो मार्फत जिल्लाका सामुदायीक विद्यालयमा पठनपाठन हुने सवै पाठ्यपुस्तक ल्याई शनिवार विक्रि वितरण सुरु गर्ने भएको छ । संघको नेतृत्वमा आवद्ध जिल्लाका सवै २६ जना पुस्तक ब्यवसायीले सहकारी मोडेलमा १ करोड लगानीमा जनक शिक्षा सामाग्रीबाट जिल्लामा आवश्यक पर्ने सवै पाठ्यपुस्तक खरिदगरी ल्याएका पाठ्यपुस्तक विद्यालयहरुलाई वितरण गर्ने गरेको छ ।
‘नेपालमै मोडेलको रुपमा जिल्लाका सवै स्टेसनरी ब्यवसायीले एकद्वार प्रणाली अर्न्तगत सामुहिक रुपमा जनक शिक्षा सामाग्रीबाट पाठ्यपुस्तक खरिदगरी ल्याएर पालिका मुकामसम्म पुर्याउने गरेका छौं । यो मोडेलले विद्यार्थीहरु एउटा एउटा पुस्तक खोज्दै पसल पसल धाउनु पर्दैन, सेट–सेट पुस्तक विद्यालयबाट सहज पाउन सकेका छन’ नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी संघका जिल्ला अध्यक्ष नारायण शर्माले भने भने, ‘ब्यवसायीले पनि ग्राहक तानातान गर्नु परेन, शेयर लगानी अनुसारको मुनाफा लिए भयो । जनक शिक्षामा धाउनु पर्ने, पाठ्यपुस्तक खेर जाने वा स्कुल स्कुलमा विन्ती विसाउनु पर्ने समस्या भोग्नु पर्दैन ।’
पुस्तक तथा स्टेसनरी ब्यवसायी संघले सदरमुकाम बेनीमा खोलेको पुस्तक वितरण डिपोका अनुसार दुर्गमताको आधारमा गाउँपालिका अनुसार विद्यालयलाई पुस्तक विक्रि गरिने र चैत महिनाभित्र सवै विद्यालयमा नयाँ पाठ्यपुस्तक पुर्याउईने छ ।
विद्यालयहरुले शिक्षा विकास तथा समन्वय इकाइलाइ उपलब्ध गराएको चालु शैक्षिक सत्रका विद्यार्थीको विद्यार्थी संख्याको आधारमा आगामी शैक्षिक सत्रकालागी कक्षा १ देखी १० सम्म अध्ययनरत १४ हजार ६ सय ७० जना विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक आवश्यक पर्छ ।
विवरण अनुसार कक्षा १ मा १ हजार ४ सय, कक्षा २ मा एक हजार तीन सय ७७, कक्षा तीनमा एक हजार तीन सय ९४, कक्षा चारमा एक हजार ४ सय ७१, कक्षा पाँचमा एक हजार छ सय छ, कक्षा छ मा एक हजार पाँच सय ४७, कक्षा सातमा एक हजार सात सय चार। कक्षा आठमा एक हजार आठ सय ८९, कक्षा नौमा एक हजार ८ सय ४३ र कक्षा १० मा एक हजार आठ सय ३९ सेट पाठ्यपुस्तक आवश्यक पर्छ । संघले पालिका केन्द्रसम्म पुस्तक पुर्याउने र विद्यालयहरुले पालिका केन्द्रमा तोकिएको पुस्तक पसलबाट पाठ्यपुस्तक पाउने भएका छन ।
‘सुगमका विद्यार्थीले पहिले पुस्तक हात पार्ने दुर्गमका विद्यार्थीले शैक्षिक सत्र सकिने वेलासम्म पाठ्यपुस्तक नपाउने अव हुँदैन । पहिला दुर्गका विद्यालयमा सेट नै पुस्तक पठाउँछौं’संघका अध्यक्ष शर्माले थपे, ‘नयाँ पुस्तक पाउने सवै विद्यार्थीको अधिकार हो । अव विद्यार्थी किताव खोज्न पुस्तक पसलमा पुग्नु पर्दैन, सम्बन्धित विद्यालयबाटै पाउँछन ।’
त्यसैविच शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलवबहादुर थापाले विद्यालयले सवै पाठ्यपुस्तकको रकम भुक्तानी गरेका भएपनि सवै विद्यार्थीले पुरै पाठ्यपुस्तक नपाएको गुनासो आएको छ ।
‘सवै पाठ्यपुस्तक आयो भन्ने तर विद्यार्थीले पुराना र थोत्रा पुस्तक पढ्नु पर्ने अवस्था आउनु भएन’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थापाले भने, ‘पाठ्यपुस्तक विक्रि गरेको विल पुरा प्राप्त नभै रकम भुक्तानी नदिन पनि विद्यालयहरुलाई आग्रह छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
