- Loading...
म्याग्दीकाे एसईई परिक्षा ः कतै सुत्केरी कतै आमाछोरा सहभागी, २० जना परिक्षार्थी अनुपस्थित
- पुनहिल डट कम
- ११ महिना अघि
- ३४९ पटक पढिएको

यस वर्षको माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षामा म्याग्दीका मुक्तिधाम माध्यामिक विद्यालय परिक्षा केन्द्रमा सिस्बोल नं ०५१०१४८७ ए भएकी २६ दिनकी सुत्केरी दटिका छन्त्याल सहभागी भएकी छिन ।
रघुगंगा गाउँपालिका, ९ कुईनेमंगले स्थित रितुङ माध्यामिक विद्यालयबाट एसइइ परिक्षामा सहभागी छन्त्याल एक दिन हिंडेर तल सोही गापा, २ भगवती स्थित मुक्तिधाम माध्यामिक विद्यालयमा परिक्षा दिन आएकी हुन ।
त्यस्तै सोही विद्यालयबाट एसइइ परिक्षामा सहभागी हुनु पर्ने सिम्बोल नं ०५१०१४८८ वि भएकी अर्की विद्यार्थी हेजिना छन्त्याललाई श्वास्थ्यकर्मीले चैत १५ गते नै सुत्केरी हुने मिती दिएकोले परिक्षामा सहभागी हुन सकिनन ।
‘हाम्रो परिक्षा केन्द्रबाट एक जना २६ दिनकी सुत्केरी एसईइ परिक्षामा सहभागी छिन । अर्की छात्राको डाक्टरले आज चैत १५ गते नै सुत्केरी हुने अनुमानित मिती दिएकोले एसईइ परिक्षामा अनुपस्थित हुन नसकेकाे भन्ने खवर छ ।’ मुक्तिधाम माध्यामिक विद्यालय राखुका केन्द्राध्यक्ष टेकबहादुर केसीले बताए ।
त्यस्तै, सदरमुकाम बेनीको न्यूवेष्ट पोईन्ट आवसिय मावि परिक्षा केन्द्रमा ४१ बर्षिया कुमारी थापाले र बेनी सामुदायीक मावि परिक्षा केन्द्रमा सहभागी विपिन थापा एसईइ परिक्षामा सामेल भए । कुमारी र विपिन थापा आमाछोरा हुन । कुमारीले उज्यालो बैकल्पिक विद्यालयबाट र विपिनले प्रकाश माविबाट परिक्षामा सहभागी छन ।
नियमित तर्फ छात्रा र छात्र बराबरी ९ सय ५२/९ सय ५२ जनागरी १ हजार ९ सय ४ जना हजार ८ सय ४० जना परिक्षामा सहभागी भए । विविध कारणाले २० जना विद्यार्थी परिक्षामा अनुपस्थित रहे ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार यस वर्षकाे एसइइ परिक्षामा सर्वाधिक धेरै मालिका गापाकाे जनप्रिय माध्यामिक विद्यालय परिक्षा केन्द्रबाट २ जना छात्रासमेत ७ जना विद्यार्थी परिक्षामा अनुपस्थित रहे । ९ वटा परिक्षा केन्द्रमध्य सदरमुकामकाे बेनी सामुदायीक मावि र मंगला गापाकाे मंगला मावि परिक्षा केन्द्रमा बाहेक सवै परिक्षा केन्द्रमा अनुपस्थिती देखियाे ।
त्यस्तै, हेम मावि परिक्षा केन्द्रमा १ जना, धवलागिरी मावि परिक्षा केन्द्रमा ४ जना, प्रकाश मावि परिक्षा केन्द्रमा ३ जना, न्यूवेष्ट पाेइन्ट केन्द्रमा २ जना, मुक्तिधाम मावि परिक्षा केन्द्रमा २ र अन्नपुर्ण गापाकाे मुक्तिमार्ग मावी परिक्षा केन्द्रमा १ जना परिक्षार्थी अनुपस्थित रहेकाे शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापा मगरले बताए । इकाइका अनुसार सवैभन्दा कम अन्नपूर्ण गाउँपालिका, ७ हिस्तान स्थित टिकोट माध्यामिक विद्यालयबाट ४ जना र बढी सदरमुकाम बेनीको बेनी सामुदायीकबाट एक सय १९ जना विद्यार्थी एसईई परिक्षामा सामेल भएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
