- Loading...
एसईई केन्द्राध्यक्षलाई अभिमुखिकरण, विद्यार्थी भने वर्षेनी घट्दै
- पुनहिल डट कम
- ११ महिना अघि
- ३७१ पटक पढिएको

चैत १५ गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) कक्षा १० परिक्षा संञ्चालन गर्न खटिने केन्द्राध्यक्षकालागी सोमवार अभिमुखिकरण गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा परीक्षा मर्यादित र ब्यवस्थित रुपमा संञ्चालन गर्न आवश्यक निर्देशनसहित परीक्षा संञ्चालन निर्देशिकामा ब्यवस्था वारेमा जानकारी गराईएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले बताए ।
अभिमुखिकरणमा जिल्लामा रहेका ९ वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षहरु सहभागी थिए । अभिमुखिकरणमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले परिक्षा मर्यादित बनाउन अपनाउनु पर्ने सुरक्षा तथा ब्यवस्थापकीय पक्षमा निर्देशन दिएका थिए । भने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले निर्देशिकामा उल्लेख भएका ब्यवस्था वारे चर्चा गरेका थिए ।
त्यसैविच जिल्लाबाट नियमित तर्फ १ हजार ८ सय ४० जना, ग्रेडबृद्धी तर्फ २३ जना र प्राविधिकधार तर्फका ७९ जनागरी १ हजार ९ सय ४२ जना विद्यार्थीले एसईई परिक्षा दिँदैछन । समन्वय इकाइका अनुसार सवैभन्दा कम अन्नपूर्ण गाउँपालिका, ७ हिस्तान स्थित टिकोट माध्यामिक विद्यालयबाट ४ जना र बढी सदरमुकाम बेनीको बेनी सामुदायीकबाट एक सय १९ जना विद्यार्थी एसईई परिक्षामा सामेल हुँदैछन ।
त्यसैविच एसईईमा म्याग्दीबाट सहभागी हुने विद्यार्थी संख्या बर्षेनी घट्दै गएको पाईएको छ । शिक्षा विकास तथा समन्वय इकाइले उपलब्ध गराएको विवरण अनुसार जिल्लामा एसईई परिक्षामा सहभागी विद्यार्थीको संख्या बर्षेनी घट्दै गएको तथ्यङ्क छ । इकाईले उपलब्ध गराएको तथ्याङकमा पछिल्लो ७ बर्षमा एसईई दिने विद्यार्थी संख्या ३ सय ४४ जनाले घटेको देखिएको छ ।
तथ्याङ्क अनुसार ०७४ सालको एसईईमा २ हजार २ सय ८६ जना, ०७५ सालमा २ हजार २ सय ३२ जना, ०७६ सालमा २ हजार १ सय ९७ जना, ०७७ सालमा २ हजार १ सय २५ जना, ०७८ सालमा २ हजार १ सय २१ जना, ०७९ सालमा १ हजार ९ सय ८४ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्ष गतवर्षको भन्दा ४२ जना थोरै अर्थात १ हजार ९ सय ४२ जना विद्यार्थी मात्र एसईईमा सहभागी हुन परिक्षा फारम भरेका छन ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परिक्षा हुने र अक्षरांङ्कन मुल्याङ्कन प्रद्धती अनुसार परिक्षा फल प्रकाशित हुँदैछ । यस अघि लागु भएको अङ्कान्कन पद्धतिबाट संञ्चालित परिक्षा र परिक्षाफलबाट विद्यार्थीको शैक्षिक गुणस्तर झन खस्केको ठानिएको छ ।
‘म्याग्दीबाट वर्षेनी एसईई परिक्षामा सहभागी हुने विद्यार्थी संख्या बर्षेनी घट्दै गएको देखिन्छ । तिब्र वसाई सराई र गुणस्तरिय विषयगत शिक्षकको सँधैका अभावले पनि गाउँका विद्यालयहरु क्रमशः एसईई मात्र होईन सवै कक्षामा विद्यार्थी गुमाउँदै गएको भेटिन्छ’ जिल्लामा एसईई परिक्षा संञ्चालन गर्ने जिम्मेवारी पाएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले भने, ‘गाउँबाट वसाई सराई नरोकिने र गुणस्तरिय शिक्षामा सुधार नभै अव दुर्गमका विद्यालयबाट विद्यार्थी घट्ने मत्र होईन बन्दै हुने अवस्था छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
