- Loading...
असिनाले रघुगंगाकाे राखु क्षेत्रकाे गहुँ र फलफुल खेतीमा क्षति
- पुनहिल डट कम
- ११ महिना अघि
- ११४१ पटक पढिएको

लामो खडेरीले सुकेका गहुँवालीमा आईतवार दिउँसो परेको भारी असिनापानीले ब्यापक क्षति पुर्याएको छ । असिनाले भर्खर फुल/फल लागेको सुन्तला, मौषम, कागती लगाएत फलफुल खेतीमा पनि नराम्रो असर गरेको छ ।
आईतवार दिउँसो रघुगंगा गाउँपालिका, वडा नं २ भगवती र ३ पिप्ले क्षेत्रमा परेको भारी असिनापानीले गहुँ वाली, सुन्तला समेत फलफुल खेती र तरकारी खेतीमा ब्यापक क्षति पुर्याएको हो । पिप्ले र भगवती क्षेत्रमा दिउँसो दुई बजे र साँझ ५ बजे दुई पटक असिना परेको थियो ।
रघुगंगा गापा, वडा नं १ बेग र ४ दग्नाम तथा बेनी नगरपालिका, ९ घतान, १० पात्लेखेतको नेपाने क्षेत्र र अन्नपूर्ण गापा, ७ को औल तथा ८ नम्बर वडा राम्चे क्षेत्रमा पनि असिनाले सामान्य क्षति पुर्याएको कृषकहरुले बताएका छन । असिनाले भगवती र पिप्ले क्षेत्रमा भने ब्यापक क्षति पुर्याएको छ ।
‘कात्तिकयता पानी परेको थिएन । आज एक्कासी भारी असिनापानी पर्यो र सवै वाली नष्ट गरिदियो । एक फिट बाक्लो असिना २ घन्टासम्म पग्लेको थिएन’ रघुगंगा गापा, ३ पिप्ले स्थित रघुगंगा माध्यामिक विद्यालयका प्रध्यानअध्यापक रमेश सिं ठकुरीले भने, ‘हिउँदभरीको खडेरीले सुकेको गहुँवालीमा ७० प्रतिशतबढी क्षति पुगेको छ । फलफुलका भर्खर लागेका फुल/फल पुरै झारेको छ ।’ *तस्वीर ः रमेश सिं ठकुरी ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
