संयुक्त राजनीतिक दलित संघर्ष समितिले बेनीमा अन्तरक्रिया कार्यक्रम गरि ५९ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाएको छ ।
विहिबार जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य दमयन्ति रुचाल (रितु) ले उद्घाटन गरिन। सन १९६० मा दक्षिण अफ्रिकामा गोरा जातिहरुद्वारा सृजित जातिभेद र रंगभेदको विरुद्धमा निकालिएको शान्तिपूर्ण र्रयालीमा प्रहरीले अमानवीय दमन गर्दै ६९ जनाको निर्मम हत्या गरिएको स्मरण गर्दै हरेक वर्ष मार्च २१ का दिन विश्वभर जातीय तथा रंगभेद उन्मुलन दिवस मनाउदै आईएको छ ।
दलितको अवस्था परिवर्तन गर्ने महत्वपूर्ण हतियार भनेकै २०७२ को संविधान हो, पूर्ण रुपमा उपयोग गर्न सके दलित समुदायको उत्थान हुने भन्दै रूचालले दावी गरिन । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिका प्रमुख सुरत केसी, दलित अगुवा छवि विश्वकर्मा, शुशिला विश्वकर्मा, राष्ट्रिय भूमि आयोग म्याग्दीका अध्यक्ष देवेन्द्र कामी, दलित अगुवा याम वस्याल, रघुगंगा गाउँपालिकाका कार्यपालिका सदस्य सम्झना परियार, लगायतले अधिकार प्राप्तीका निम्ती दलितहरु नै एकजुट बन्नुपर्ने सुझाए ।
उक्त अवसरमा दलित आन्दोलन तथा सामाजिक परिवर्तनका लागि पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानका लागी संचारकर्मी अमित विश्वकर्मालाई सम्मान गरियाे ।