- Loading...
बेनीमा ३० करोड लगानीमा ज्ञानगौरी प्यालेस होटल संञ्चालन तर्खर
- पुनहिल डट कम
- ११ महिना अघि
- ३६७ पटक पढिएको

म्याग्दी सदरमुकाम बेनीहुँदै मुस्ताङ, ढोरपाटन सिकार आरक्ष तथा धवलागिरी हिमाल फन्को लगाउन आउने पर्यटक लक्षितगरी पारीवेनीमा ३० करोड लगानीमा सुविधायुक्त होटल संञ्चालन हुँदैछ ।
होटलमा हनीमुन स्वीट ३, मिनी स्वीट २, डिलक्स २२ र स्ट्यार्न्डर १२ समेत ४० रुम रहेको होटलमा १ सय २ जना पाहुना बस्न सक्छन । कलेज तथा स्कुलका ६० जना विद्यार्थीकालागी छुट्टै म्याट्रिस बेडसहित बजेट रुम ब्यवस्था छ । बैशाख १ गतेदेखी संञ्चालनमा आउन लागेको होटल ज्ञानगौरी प्यालेस होटल लिफ्ट जडित हुने छ ।
२२ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा १ सय वटा साना गाडी पाकिङ गर्न क्षमता भएको संञ्चालक कृष्ण केसीले बताए । १ सय जना अट्ने वान्क्वट हल, ४०–४० जना अट्ने छुट्टाछुट्टै मिटिङ हल रहेको होटलमा स्वीमिङ पुल पनि हुने छ ।
‘पर्यटन चलयमान क्षेत्र हो । आर्थिक मन्दीको अवस्था सँधै रहने छैन र म्याग्दीका माथिल्लो भेग र मुस्ताङ पर्यटनको उदाउँदो क्षेत्र भएकोले अहिले पनि पर्यटक फ्लो राम्रो छ । पोखराबाट छुटेपछि कालीगण्डकी करिडोरमा सुविधायुक्त होटलको सेवा हामीले दिने छौं’ होटल संञ्चालक कृष्ण केसीले भने, ‘प्रतिस्पर्धी क्षेत्र भएकोले होटलमा रुम र खानाको मेन्यु तुलनात्मक सहजहुनेगरी बनाउने तयारीमा छौं ।’ केसीले थपे, ‘होटल लाईनमा दक्ष जनशक्ति उत्पादन गर्न हामीले म्याग्दी, पर्वत र बाग्लुङका कलेजहरुमा होटल म्यानेजमेन्ट विषयको पढाई हुन्छ भने, इन्टन्ससीप गर्ने सुविधा पनि उपलब्ध गराउने छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
