- Loading...
लाेपाेन्मुख अवस्थामा प्रकृतिका कुचिकार
- पुनहिल डट कम
- ११ महिना अघि
- ३७३ पटक पढिएको

अँग्रेजीमा भल्चर भनिने गिद्धलाई हिन्दुको धार्मिक ग्रन्थ रामायणमा जटायु भनिएको छ । गिद्ध प्रकृतिका अभिन्न अङ्ग हुन ।
मानवजातिलाई कुनै हानी नपुर्याउने र प्रकृतिलाई सफा, दुर्गन्धरहित बनाउने जटायु अर्थात गिद्ध मरेको जनावर अर्थात सिनु खाने चरो हो । गिद्ध आफैले सिकार गर्दैनन् । गिद्धले ३ दिनमा १ किलोग्राम र बर्षमा १ सय २० किलोग्राम सिनो खाएर प्रकृतिलाई सफा गर्छ ।
गिद्धलाई देखेर सिनु पत्ता लगाउने र सुँघेर सिनु पत्ता लगाउने क्षमताका आधारमा दुई भागमा बाँडिएका हुन्छन । तर यो पंक्षि बासस्थानको अभाव र विषादी युक्त सिनुको सेवनबाट लोपोन्मुख अवस्थामा छन ।
डाइक्लोफिनिक औषधी प्रयोग भएको पशुको सिनु खाएपछि गिद्ध मर्नुको साथै गिद्धलाई सहजै प्राप्त हुने सिनु अर्थात भीरबाट लड्ने/मर्ने चौपायाको (गाउँघरमा फिरन्ते रुपमा पालिने गाईभैसी) गोठहरु विस्थापन भएको, मोटरबाटोले परम्परागत ढुवानी साधन खच्चड विस्थापित भएका र बढ्दो तापक्रमले अनुकुल वासस्थानको अभावले गिद्धले बसाई सराई गरेपछि गाउँघरमा पहिला जस्तो गिद्ध पाईन छोडेका छन ।
गिद्धसंरक्षण गर्न सरकार, पंक्षि संरक्षण संघ र स्थानिय समुदायको अग्रसरतामा नेपालका विभिन्न स्थानमा जटायु रेष्टुरेन्ट स्थापना गरिएको छ । विश्वमा पाईने २३ प्रजातिका गिद्धमध्य नेपालमा हाडफोर गिद्ध, डंगर गिद्ध, सानो खैरोगिद्ध, हिमालीगिद्ध, खैरोगिद्ध, राजगिद्ध, सुनगिद्ध, सेतोगिद्ध र लामो ठुँडेगिद्ध समेत ९ प्रजातिका गिद्ध पाईन्छन । लामो ठूँडेगिद्ध नेपालमा पछिल्लो पटक शिकारी चराविद तुलसी सुवेदीसमेतको टोलीले ०६८ मंशिर १५ गते चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा फेला परेको गिद्ध हो ।
धौलागिरी हिमालपारीको मुस्ताङ्गमा गिद्धहरु लोपहुन थालेफछि त्यहाँको गुरुङ्ग जाती (लोवा) समुदायका मान्छे मर्दा लाशलाई टुक्राटुत्रा पारी गिद्धलाई खुवाउने संस्कार अझै जीवित छ । मुस्ताङ्गको मध्य तथा उपल्लो भेगका गुरुङ्ग समुदायका सदस्यको मृत्यु भएमा लामाको निर्णय अनुसार केहीको शवलाई टुक्रापारी खोला किनारका ढुङ्गामा राखी लामाले सुसेल्दै गिद्धलाई बोलाई खुवाउने प्रचलन विद्यमान छ । त्यस संस्कारमा मृतकको माशु गिद्धले नखाएमा अपसगुन मानिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
