- Loading...
भारत तर्फ भाग्दै गरेका माओवादी उपाध्यक्ष महरा समातिए
- पुनहिल डट कम
- ११ महिना अघि
- १७९ पटक पढिएको

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा भारततिर भाग्दै सीमा क्षेत्रबाट समातिएका छन्।
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिश गरेको थियो। आयोगले चैत १ गते प्रतिवेदन बुझाएसँगै महरा भाग्न लागेका थिए । महरालाई पक्राउ गर्न प्रहरीले तयारी गर्दा-गर्दै उनी सोमबार काठमाडौंबाट बाहिरिएका थिए।
गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदन पढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी उक्त् प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बुझाएलगत्तै महरा भाग्न खोजेका थिए।
स्थलमार्गबाट हिँडेका महरालाई कपिलवस्तु प्रहरीले पकडीको सडकमै प्रहरीले ब्यारिकेट लगाउनु परेको प्रहरी हवला दिएर राजधानीबाट प्रकाशित संञ्चार माध्यमहरूले जनाएका छन।
प्रहरीले नाकामा कडाइ गरिरहेको चाल नपाएका महरा सोमबार बिहान भैरहवा नाका भएर भारततिर भाग्ने तयारीमा थिए। महरालाइ प्रहरीले भैरहवा नजिकै कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो।
विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेर ल्याएको आरोपमा महराका छोरा राहुल विरुद्ध मुद्दा चलिरहेको छ। राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालत, काठमाडौंमा दर्ता गरेको अभियोगपत्रमा उल्लेख छ।
सुन तस्करीमा संलग्न व्यक्तिसँग माओवादी नेता महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो। त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो। तर राहुलमाथि मुद्दा दर्ता गरिएको भए पनि महरालाई उन्मुक्ति दिइएको थियो।
महरा पटक पटक विवादमा आइरहन्छन्। यसअघि चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो। त्यसमा पनि उनीमाथि अनुसन्धान भएको थिएन।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
