- Loading...
माघ २७ गते सकिएको ग्याल्पो ल्होसारमा अाज बिदा
- पुनहिल डट कम
- ११ महिना अघि
- १७८ पटक पढिएको

सरकारले चाडपर्व र क्यालेण्डरलाई अध्यावधी गर्न नसक्दा आज ग्याल्पो ल्होसार पर्व नभएपनि सार्वजनिक विदा दिएको छ ।
शेर्पा समुदायले गत माघ २७ गते नै मनाई सकेको ग्लाल्पो ल्होसार पर्व भन्दै सरकारले आज सार्वजनिक विदा दिनुको साथै राष्ट्रपतिले पनि शुभकामना दिएका थिए । तर ग्लाल्पो ल्होसार मनाउने शेर्पा समुदायले भने पात्रोमा उल्लेख भएको त्रुटी सच्याउन ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गरेपनी कसैले चासो नराखेको गुनासो गरेका छन ।
नेपाल शेर्पा संघ, शेर्पा सञ्चार समूह, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र र नेपाल शेर्पा विद्यार्थी संघले ज्ञापन पत्र मार्फत आगामी दिनमा यस्तो त्रुटि नगर्न सरकारलाई सचेत गराएका छन् । महायानी बौद्धमार्गीहरूको सम्पूर्ण चाडपर्वहरू भोट चन्द्र पात्रोमा आधार मानी मान्ने मनाउने भएकाले आगामी दिनमा त्यही मितिअनुसार बिदा दिन पनि माग गरिएको छ ।
‘आज ल्होसार नै होइन त्यसैले मनाउने कुरै भएन,’ पासाङ रिताले भने, ‘पञ्चाङ्ग निर्णायक समितिले आगामी दिनमा यस्ता गम्भीर त्रुटि नगरोस् भन्ने हाम्रो मायसअघि गत माघ २५ गते नै नेपाल शेर्पा संघको केन्द्रीय कार्यसमितिले विज्ञप्ति जारी गर्दै ग्याल्पो ल्होसार भोटचन्द्र अनुसार सुधार गर्न पञ्चाङ्ग निर्णायक समितिलाई अनुरोध गर्दा पनि नभएको जनाएको थियो ।
विगतमा पनि भोछचन्द्र पात्रोअनुसार सम्बन्धित क्षेत्रका विज्ञलाई राखेर सही तिथिमिति राखेर पात्रो निर्माण गर्न अनुरोध गर्दा पनि सुधार हुन नसकेको केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले जनाएका थिए ।ग हो ।’ आज शेर्पा समुदायले ल्होसार नमनाएको उनले प्रस्ट्याए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
