- Loading...
महाशिवरात्रीमा गलेश्वरधाममा भक्तजनको भीड
- पुनहिल डट कम
- ११ महिना अघि
- २९६ पटक पढिएको

शिवरात्रीको अवसरमा सदरमुकाम बेनीदेखी तीन किमी उत्तरमा अवस्थित हिन्दुहरुको पबित्र तिर्थस्थल गलेश्वरधाममा दिनभर भक्तजनले घाईचो भयो ।
शिवालय क्षेत्रमा भक्तजनहरुले रातभर अखण्ड भजनसहित जाग्राम बस्ने भएकोले टाढाका भक्तजन आउनेक्रम जारी छ । बिहान ४ बजे देखिनै गलेश्वर मन्दीरमा भगवान शिवको पुजा आरधाना गर्ने र दर्शन गर्नेहरुको घुईचो लागेको थियो । गलेश्वर शिवजीको दर्शन गर्न जिल्लाबाहेक बाग्लुङ्ग, मुस्ताङ्ग, पर्वत, कास्कींबाट समेत ठुलो संख्यामा भक्तजन आएका थिए ।
‘गलेश्वरधाममा आज दिउँसोसम्म एक लाख बढी भक्तजन आएका छन’ गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘शिवालयमा आज रातभर जाग्रमवसी अखण्ड भजनकिर्तनगरी भगवान शिवको आराधाना गरिने भएकोले भक्तजन रातीसम्मै गलेश्वरधाम आउने गर्छन’
स्कन्दपुराणमा आफ्ना पिताले शिवनिन्दा गरेको सुन्न नसकी यज्ञको वल्दो आगोमा सतीदेवीले आफुलाई होमेपछि मृत शरिरलाई शिवले लिएर हिमालय पर्वत तर्फ हिंड्ने क्रमा सतीदेवीको गला पतन भएकोले ‘गलेश्वर’ नाम रहेको भनिन्छ । एउटै विशाल ढुङ्गा माथी गोलाकार आकृति छ, लाई शिवलिङ्गको रुपमा पुजाआराधान गर्ने गरिन्छ ।
म्याग्दीको बेनी नगरपालिका, ९ स्थित गलेश्वरधाम मन्दीर नेपालकै एक प्रसिद्ध तिर्थ मध्यको एक धाम हो । दामोदरकुण्ड र मुक्तिनाथ प्रवेशद्धारमा पर्ने भएकोले गलेश्वरधाम मन्दीरलाई मुक्तिद्वार पनि भन्ने गरिन्छ। । गलेश्वर मन्दीरको मुख्य आर्कषण ज्योर्तिलिङ्ग हो । उक्त शिव लिंङ्ग गरेको गलेश्वर मन्दीर एउटै विशाल ढुङ्गामाथी रहेको छ । मन्दिर परिसर भित्रै चट्टान वीच लाम्चो आकार परेको एक जल कुण्ड छ । ढुङ्गाको विचमा स्वनिर्मित तलाउको पानी हिउँद/बर्खा एक नास रहनु नै हो ।
गलेश्वर शिवालयकै परिसरभित्र अर्को महत्वपूर्ण मन्दीर छ, राधाकृष्णको । मन्दीरमा बैष्णवहरुले मुख्य पुजाअर्चना गर्ने गरेका छन । यही क्षेत्रबाट बग्ने कालीगण्डकी नदीको शिला हालै भारतको अयोध्यामा निर्माण हुने राममन्दीरमा भववान रामको वालअवतारको मुक्ति बनाउन लगिएपछि गलेश्वरधाम थप चर्चामा छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
