- Loading...
जलजला गाउँपालिकाको १६ औं गाउँसभाबाट थप एक करोड ३९ लाख बजेट विनियोजन
- पुनहिल डट कम
- १ साल अघि
- २३८ पटक पढिएको

पर्वतको जलजला गाउँपालिकाले सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट १० लाख बजेट स्रोत अनुमान गरी १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यका अनुसार गाउँसभाले वडा र बिषयगत शाखाको विभिन्न योजनाको बजेट रकमान्त र संशोधन समेत गरेको छ । अधिकृत अाचार्यका अनुसार गाउँसभाले निर्वाधिन स्टोर तथा आवास भवनको लागि रु ९० लाख समेत खानेपानी, शिक्षा लगायतका पूर्वाधार योजनामा पनि बजेट विनियोजन गरिएको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले पेश गरेकाे चालु आर्थिक बर्षको गत साउनदेखि फागुन २० गतेस्म्मको प्रगति प्रतिवेदन अनुमाेदन गरेकाे छ । पालिकाले चालु अावमा वडा स्तरका विभिन्न ३८ वटा योजना निर्माण सम्पन्न भएको र ८६ वटा योजना सम्झौता भएर कार्यान्वनको चरणमा रहेका छन ।
गाउँपालिकाको संघीय अनुदान, प्रदेश अनुदान, राजश्व बाडफाँड र आन्तरिक आम्दानी समेत गरी कुल ४७ करोड १० लाख आय हुने अनुमान गरेकोमा हालसम्म रु २५ करोड ७५ लाख ७२ हजार ६४ वास्तविक आय भएर चालुतर्फ ४७ दशमलब ७५ प्रतिशत र पुँजीगततर्फ ३५ दशमलब ९ प्रतिशत बजेट खर्च भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष आचार्यले चालु आर्थिक बर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम र गाउँसभाबाट स्विकृत भएका थप योजना तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयनमा कर्मचारी र जनप्रतिनिधि जुट्नुपर्ने बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
