- Loading...
पुरानो सत्ता गठबन्धन भत्कने, नयाँ वन्दै
- पुनहिल डट कम
- ११ महिना अघि
- २०३ पटक पढिएको

अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।
सोमबार बिहान एमाले, माओवादी केन्द्र र रास्वपाले छुट्टाछुट्टै छलफलपछि नयाँ गठबन्धन बन्ने निश्चित भएको हो। नेताहरूले आजै नयाँ सरकार गठन हुने र सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने जनाएका छन्।
त्यसैविच नयाँ सत्ता गठवन्धन अनुसार एमाले पदम गिरिको नेतृत्वमा सरकारमा जाने भएको छ।
कांग्रेस-माओवादी गठबन्धन भत्किएर बन्न लागेको एमाले-माओवादी गठबन्धनको सरकारमा एमाले संसदीय दलका प्रमुख सचेत पदम गिरिको नेतृत्वमा सरकारमा पठाउन लागेको हो। सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले गिरिको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने निर्णय गरेको हो।
द्यपि गिरिले कुन मन्त्रालय पाउने भन्ने विषय तय भइसकेको छैन। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा जाने भएका छन्। प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीहरूलाई हटाएर आजै सानो आकारको मन्त्रिपरिषद्को सपथ गराउने तयारीमा छन्।
नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक–एक जना मन्त्री बन्दैछन्।
त्यसविच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गुम्ने निश्चित भएपछि समीक्षा गर्न पार्टीको बैठक बोलाएका छन् ।
अघिल्लो निर्वाचनअघि देखि नै माओवादी केन्द्रसँग गठबन्धन गरेको कांग्रेसले गत वर्ष पुसमा पनि गठबन्धनमा खटपट हुँदा अचानक सत्ताबाहिर पुगेको थियो । राष्ट्रपतिको निर्वाचनपछि कांग्रेस फेरि सत्तामा फर्किएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
